• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in मधेस प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ ।

बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

सुधार गृहमा बाल कैदीबन्दीले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक मिश्र, प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको प्रवक्ता लम्सालले बताए ।

बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न एक सय २७ जना बाल कैदीबन्दी छन् । तर सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दी आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताए ।

उनले एक महिनामा अनुगमनका लागि भनेर पाँच/सात पटक भन्दा बढी टोली आउने क्रम रहेको बताए। यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरुले शोधपुछ गर्ने क्रममा तपाईंहरुका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरुलाई जिस्क्याएको महशुस गरेर आक्रोशित भएको हुनसक्ने बताए ।

उनले भने, ‘आज लगभग पौने १ बजेतिर त्यहाँभित्र भएका भाइहरुले एक सय २७ जना छन् । उनीहरुले त्यहाँको प्रशासनसँगको असन्तुष्टि र अन्य विभिन्न निकायबाट अनुगमनको क्रममा एक महिनामा पाँच/सात पटक भन्दा बढी टिम आउने । प्रत्येक दिन आउने, सोधपुछ गर्ने, त्यहाँको अवस्थालाई हेर्ने, त्यहाँको भौतिक पूर्वाधारदेखि अन्य अवस्था पनि कमजोर नै छ । हाम्रो कम्पाउण्ड नै सानो छ । त्यहाँको क्यापासिटी ४५/५० जनाको हो । एक सय २७ जना बसिरहेका छन् । खानेपानीका समस्या, छन्, गर्मीको समस्या, सुत्ने ठाउँको समस्या छ । त्यो समस्या विभिन्न सरकारी संस्था, गैरसकारी संस्थाबाट अनुगमनका क्रममा जाँदा हिजो पनि र आज पनि फरकफरक अनुगमनको टोली आएको रहेछ । ती अनुगमन टोली पटकपटक आउँदा हामीलाई जिस्क्याउन आएको जस्तो लाग्यो । आउनुहुन्छ, सोध्नुहुन्छ, सुनुवाई हुन्छ भन्नुहुन्छ, दुई तीन वर्षदेखि समस्या उस्तै छ । जिस्क्याउन आएको जस्तो लाग्यो । न्यूनतम सुविधाबाट वञ्चित भएका छौँ । भन्नेकुरा गरेर आवेगमा आएर होहल्ला गर्नुभयो । सुरक्षाकर्मीले तत्काल खबर गरेपछि सम्झाइ बुझाइ गरेका छौँ । एउटा लगाएको ताला फुटाउने कोसिस गर्नुभयो । तर सफल हुन सक्नुभएन ।’

यसअघि २०८० भदौ २६ गते पनि बालसुधार गृहमा बालकैदीबन्दीबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

Previous Post

कुर्दिश लडाकू समूहलाई ढिलाइ नगरी निःशस्त्रीकरण गर्नुपर्छ : एर्दोगान

Next Post

पोखराको बड्स एकेडेमीमा पुरस्कार वितरण [फाेटाेफिचर]

Next Post

पोखराको बड्स एकेडेमीमा पुरस्कार वितरण [फाेटाेफिचर]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन