पोखरा । नेपाल शिक्षक महासंघले आज बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन गर्दैछ ।
महासंघले आज दिउँसो १ बजेबाट माईतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन अन्त्य भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ ।
समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ ।
आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।
काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले चेतावनी दिए ।






