• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेशनल क्रियशन एकेडेमीद्वारा विद्यार्थी दीक्षित

नीतिप्रेस by नीतिप्रेस
April 2, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीले युकेजीमा अध्ययनरत ५५ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

विद्यालयले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी युकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, संस्थापक प्राचार्य ज्ञानेन्द्रबहादुर थापा, संस्थापक प्रशासक विक्रम थापा र सीसीए इन्चार्ज सुदामा रेग्मीले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

उक्त अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट, विभिन्न गतिविधिका साथै खेलकुदमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

उक्त अवसरमा विद्यार्थीले गीत, नृत्यलगायतका विभिन्न सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए । 

कार्यक्रम उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले पुरस्कारले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने र यसले विद्यार्थीको अध्ययनमा सघाउने बताए ।

प्राचार्य थापाले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका बताए ।

विद्यालयलाई उत्कृष्ट बनाउन र विद्यार्थीलाई धेरै भन्दा धेरै ज्ञान दिलाउन सक्दो प्रयत्न गर्ने उनले प्रतिवद्दता जनाए ।

उनले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

प्रशासक थापाले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए । उनले विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको जानकारी दिए ।

अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रशासक विक्रम थापा र सञ्चालन सीसीए इन्चार्ज सुदामा रेग्मीले गरेका थिए । 

नेशनल क्रियशन एकेडेमी १८ वर्ष अघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । विद्यालयमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वको विकासबारे छलफल

Next Post

पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

Next Post

पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन