• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साहित्यकार भण्डारीको निधनले सिर्जनशील पुस्तालाई अपूरणीय क्षति

नीतिप्रेस by नीतिप्रेस
April 5, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । साहित्यकार मदन भण्डारीको निधनले सिर्जनशील पुस्तालाई अपूरणीय क्षति पुगेको स्मरण पोखरेली वाङ्मयिक वृत्तले गरेको छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सातौं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताले उनको योगदानको यसरी स्मरण गरेका हुन् ।

संस्थाका परिकल्पनाकार तथा संस्थापक महासचिवसमेत रहेका भण्डारीको ७१ वर्षको उमेरमा चैत्र १६ गते निधन भएको थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भण्डारीको व्यक्तित्वबारे प्रकाश पार्दै नेपाली साहित्य क्षेत्रमा उल्लेख्य योगदान दिएका प्रतिभाका रूपमा चित्रण गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भण्डारी सबैलाई सत्कर्ममा लाग्न हौस्याउने र राम्रा कामका लागि सबैसँग काँध मिलाएर हिँड्न सक्ने नयाँनयाँ विचारका खानी रहेको बताए ।

सिद्धी गौचन स्मृति कोषका संरक्षक विश्वमोहन गौचनले सबै आफ्ना लागि मान, सम्मान, पद र प्रतिष्ठाको दौडमा लाग्दा भण्डारी सर्जक र सेवकलाई अघि बढाएर पछाडिबाट प्रेरणा दिने प्रतिभा रहेको स्मरण गरे ।

उनले भण्डारीको योगदानलाई जीवन्त राख्न संस्थालाई आफ्नो मुखपत्र स्मृति अंकका रूपमा प्रकाशन गर्नसमेत सुझाव दिए ।

स्वतन्त्र नागरिकको स्वतन्त्र अभियानका संयोजक सविन जिसीले भण्डारी आफ्नै विचारको खरो चिन्तक र जोखिम रूचाउने व्यक्तित्व भएकाले उनीसँग सानिध्यता बढेको धारणा राखे ।

निवृत्त प्राध्यापक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेलले कुशल सर्जक र संगठकसमेत रहेका भण्डारी स्पष्टवक्ता भएकै कारणले गर्दा उनको योगदानको कदर जुनरूपमा हुनुपर्ने त्यो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले भण्डारी सदा राष्ट्र र राष्ट्रियताप्रति चिन्तनशील रहने जुझारु प्रतिभा रहेको धारणा राखे ।

निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्यले झण्डै ३० वर्ष अगाडि आचार्य सेवा समाजको कार्यक्रममा वक्ताकारूपमा भण्डारीलाई बोलाएर निरन्तर सहयात्रामा अगाडि बढेको स्मरण गरे ।

मुक्तक मञ्च केन्द्रीय समिति निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यले भण्डारीसँगको सहयात्राको स्मरण गर्दै उनलाई बहुमुखी प्रतिभाका रूपमा चित्रित गरे ।

हेमजा साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष बलराम पौडेलले पछिल्लो समय वाङ्मयसेवालाई हतियार बनाउनेहरू माझ उनी कर्म गरेर फल नखोज्ने प्रतिभा रहेको धारणा व्यक्त गरे ।

लोकनृत्य कलाकार संघका संरक्षक ताराबहादुर गुरुङले धेरै प्रतिभासँग आफूले संगत गरेता पनि भण्डारी विशेष क्षमता भएका साधक भएको आफूले पाएको बताए ।

मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतमले भण्डारी कवि, उपन्यासकार, राजनीतिक विश्लेषक मात्र नभएर सदा राष्ट्रहित र वाङ्मयसेवामा उत्प्रेरित गरिरहने युवा पुस्ताका पायोनियर नै रहेको धारणा राखे ।

गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष ढुण्डीराज ज्ञवालीले सदा अरूको चिन्ता गर्ने सरल र क्षमतावान प्रतिभाका रूपमा भण्डारीको स्मरण गरे ।

साहित्यकार विष्णुप्रसाद बास्तोलाले हरेक भेटमा तिमीमा केही क्षमता छ, निरन्तर अघि बढ्नुपर्छ भनेर आफूलाई प्रोत्साहन गरिरहेको आजै जस्तो लागेको बताए ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कार्यवाहक अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीले भण्डारीको भौतिक शरीर हामी माँझ नभए तापनि उनको व्यक्तित्वकै कारणले यसरी मञ्च खडा भएको र भइरहने धारणा व्यक्त गरे ।

कार्यक्रममा पर्वत साहित्य संगमका सचिव एनपी घायल, अनेसासका आजीवन सदस्य प्रविन पुन, केशव थापालगायतले भण्डारीको स्मरण गरेका थिए ।

इलाम जन्म थलो भई पोखरालाई कर्म थलो बनाएका भण्डारी निजामतिसेवाबाट निवृत्त जीवन बिताइरहेका थिए । उनका छातिको गाउँ र ललिताको लास उपन्यास, मुखिया दाइको दुखिया गीत व्यङ्व्य कवितासङ्ग्रहलगायत दर्जनौं रचना प्रकाशित छन् ।

Previous Post

केपी ओली कप : पहिलाे खेलमा पोखरा र स्याङ्जा भिड्दै

Next Post

पिसिएममा शिक्षण र सिकाइ चुनौती र रणनीति विषयक कार्यशाला

Next Post

पिसिएममा शिक्षण र सिकाइ चुनौती र रणनीति विषयक कार्यशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन