• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धादिङ समाजको शुभकामना आदानप्रदान तथा भत्तेपात्रो विमोचन

नीतिप्रेस by नीतिप्रेस
April 6, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भत्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले धादिङवासीको एकताप्रति आफू निकै खुशी लागेको बताए ।

जुनसुकै समस्या परे पनि निर्धक्कसँग प्रहरीमा जानकारी गराउन उनले आग्रह गरे ।

अहिलेको समस्या आर्थिक विचलनको मात्र भएको भन्दै उनले प्रहरीको ९५ प्रतिशत काम यसैमा केन्द्रित भएको बताए ।

प्रहरी र नागरिकको समन्वयले मात्र समाजमा शान्ति अमनचयन कायम गर्न सकिने उनले स्पष्ट पारे । उनले जसले जहाँ कारोबार गरे पनि प्रमाणका आधारमा मात्र गर्न आग्रह गरे ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले धादिङ समाजको सामाजिक काम निकै उत्कृष्ट भएको भन्दै प्रशंसा गरे । उनले केही सामाजिक काममा समाज र पोखरा चेम्बर अफ कमर्स कास्कीले सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानांगले व्यवसायी एकतामा सबै संघसंस्थाले हातेमालो गर्नुपर्ने बताए ।

बर्दिया पोखरा सम्पर्क समाजका अध्यक्ष पुष्पा मरासिनीले सबै समाजले सहकार्य गरेर अन्तर समाज महासंघलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनाल, लागुऔषध नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष कल्पना आचार्य, समाजका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डे राजु, पूर्वअध्यक्ष नवराज दुवाडी र गोकर्ण लम्साल, सल्लाहकार रामकृष्ण दुवाडी, कमलबहादुर पाण्डे, धादिङ त्रिपुरा बाराही महिला समूहका उपाध्यक्ष रचना अधिकारी, कार्यक्रम संयोजक तथा समाजका सचिव युवराज खनाललगायतले बोलेका थिए ।

समाजका अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्सालले र सञ्चालन महासचिव प्रकाश दुलालले गरेका थिए ।

कार्यक्रममा भित्तेपात्रो प्रकाशनमा महत्त्वपूर्ण सहयोग गर्ने राजेन्द्र पाण्डे, लालप्रसाद ढकाललगायतका दातालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

Previous Post

आज सूर्यदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज रामनवमी मनाइँदै

Next Post

आज रामनवमी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन