• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कठोर ढंगले बजेटको ‘रिफम’ गरौँ : पूर्व मुख्यसचिव कोईराला

नीतिप्रेस by नीतिप्रेस
April 6, 2025
in जीवनशैली, समाचार, संवाद
0
कठोर ढंगले बजेटको ‘रिफम’ गरौँ : पूर्व मुख्यसचिव कोईराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्भ गर्न नसकेको धेरै भइसकेको छ । सबै आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षामा घटाउने बाध्यतामा सरकार छ । आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने अर्को बाध्यतामा पनि सरकार छ । विकासमा गर्नुपर्ने खर्च भन्दा साधारण खर्च र वैदेशिक ऋण तिर्न बजेटको ठूलो हिस्सा खर्च भइरहेको अवस्था छ । आम्दानी र खर्चको ठूलो असन्तुलनबीच यो आगामी आर्थिक वर्षको बजेट बनिरहेको छ । लामो आर्थिक मन्त्री र निराशाबीच आगामी आर्थिक वर्षको बजेटमा धेरै अपेक्षाहरु छन् । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे नेपाल सरकारका पूर्वमुख्यसचिव विमल कोईरालासँग कुराकानी गरेको छ । प्रश्तुत छः बजेटबारे पूर्वमुख्यसचिव कोईरालासँग गरेको कुराकानीको सम्पादित अंश । 

प्रश्नः बजेटको तयारी भइरहेको छ, के यो प्रक्रिया ठिक छ त ?

जवाफः अहिले बजेटको काम शुरु भएको छ । खासगरी बजेट निर्माणको प्रक्रिया शुद्धीकरणको कुरा गरेको धेरै वर्ष भइसक्यो । हाम्रो राजश्व, वैदेशिक सहायाताका स्रोतको अनुमान पनि मिल्दैनन् । अनुदान, ऋण एउटा अनुमान गरेको हुन्छ आउँछ तर धेरै कम आइरहेका छन् । खर्चतर्फ हेर्ने हो भने मनपरी रुपमा जथाभावी शिर्षकमा बजेट राख्ने परिपाटी देखिन्छ । यसले विनियोजनदेखि कार्यान्वयनसम्मै प्रभावकारीता आएन । राजश्वतर्फको अनुमान पनि वास्तविक भएन । त्यसैले यो बजेट नक्कली जस्तो देखियो । यसलाई सुधार्नु पर्छ भनेर धेरै वर्ष अघिदेखि नै प्रयत्न भएको हो । आंशिक सुधार हुने तर जुन शुद्धता आउनुपर्ने थियो बजेटमा त्यो आउन सकेको देखिँदैन । 

सरकारले अध्यादेशमार्फत वित्तीय उत्तरदायित्वसम्बन्धि व्यवस्था खोज्न गरेको देखिन्छ । खासमा त्यो जरुरी पनि थिएन । किनकी हामीले वित्तीय उत्तारदायित्व सम्बन्धि ऐन हामीले पालना नै गरेका छैनौं । जुन पालना नगर्दा नगर्दैको अवस्थामा संशोधन गर्नुको कुनै अर्थ नै छैन । जुन उद्देश्यले ऐन आएको थियो त्यो उद्देश्य पालना गरेको भए यहाँ कठिनाइ छ भनेर संशोधन गर्नु ठिक हुन्थ्यो, पहल नै नगरेपछि के कठिनाइ आउछन् र त्यसलाई संशोधन गर्नुपर्यो । संशोधन गरिसकेपछि पनि यसलाई कडाईकासाथ पालना गर्छु भन्ने सरकारको मनशिकता भएन भने त्यसको पनि कुनै अर्थ रहँदैन । बजेट प्रक्रियामा व्यापक रिफर्म गरेर अघि बढ्नैपर्छ ।

प्रश्नः बजेटमा गरिएका अनुमान हचुवा हुन्छन् ?

जवाफः अहिले बजेटमा गरिएका अनुमान हचुवामा गरिने गरिएको हाम्रा तथ्यहरुले नै देखाएका छन् । पहिला त, बजेटमा आयस्थाको अनुमान हचुवाको छ । एउटा आयस्थाको अनुमान राष्ट्रिय योजना आयोगमा बसेर स्रोत व्यवस्थापन समितिले गर्ने गरेको छ, पछि खर्च बढ्दै गएपछि राजश्व नबढाइ त्यसलाई मिलाउन समस्या पर्छ र राजश्व लक्ष्यलाई जबरजस्ती बढाउँदा हामी धेरै ठाउँमा चुकेका छौं ।

दोस्रो, खर्च व्यवस्थापन नेपालमा सबभन्दा कमजोर पाटोका रुपमा देखिएको छ । खर्चतर्फ हेर्ने हो भने अनुमानित नभई राजनीतिकका आधारमा खर्चको विनियोजन गर्ने पद्धति र प्रक्रियाले गर्दा खर्च उत्पात बढेको देखिन्छ भने आम्दानीका स्रोतहरु कमजोर देखिने, त्यसपछि हाम्रा वैदेशिक सहायतातर्फ जुन अनुदान र ऋण छ त्यसमा पनि स्रोत आउने अनुमान गर्ने जुन तरिका छ । त्यो अनुमान अनुसार  स्रोत आउने गरेको छैन । त्यसले गर्दा कतिपय परियोजा ति वैदेशिक अनुदानमा आश्रित आयोजनाहरु शुरु नै नहुने, यदाकदा शुरु भएपनि काम नै नहुने देखिन्छ । त्यसैले हामीले विनियोजन पद्धतिमा सुधार गर्नुपर्छ भने खर्च व्यवस्थापनमा अलि कठोर ढंगले गर्न सकियो भने बजेट पद्धतिमा केही सुधार आउछ ।

प्रश्नः ठूलो अंकको बजेट ल्याउने तर कार्यान्वयन नगर्ने परिपाटी छ नि ?

जवाफः धेरै आम्दानी नै नभएको ‘हार्ड बजेट कन्सेन्ट’ भएको मुलुकमा हैसिएर खर्च राख्ने र स्रोत जुटाउन नसक्ने परिस्थिति निर्माण गर्नुभन्दा बरु थोरै परियोजना छनोट गरेर त्यसलाई स्रोतको सुनिश्चिता गर्दा राम्रो हुन्छ । त्यो प्रभावकारी विनियोजन पद्धति पनि हो । त्यतातर्फ जाने आँट राजनीति नेतृत्वले गर्नुपर्छ । तर अहिले त्यस्तो राजनीति नेतृत्व देखिएन । 

प्रश्नः अबको बजेटका प्राथमिकता र सिद्धान्त के हुनुपर्छ ?  

जवाफः बजेटका प्राथमिकता र सिद्धान्त कागजमा लेखेर मात्रै हुँदैन । कागज लेखिने कुरामा खासै खोट अहिले पनि देखिँदैन । सबथोक जानेका इतिश्री सबै लेखिएको हुन्छ । मुल कुरा हामीले बजेट बनाउँदा अब खुद्रा योजनाहरु सबै झिक्नुपर्छ । सक्किनै लागेका योजनाहरु र ति पूरा गर्न प्रतिवद्ध भएका वा अरु सबै छाडेर राष्ट्रिय गौरवका योजना मात्रै बजेटमा राख्न सकियो भने त्यो अलि व्यवहारिक बजेट बन्थ्यो ।  त्यो आँट अहिले कसैले गर्दैन । बजेट निर्माणको अन्त्मिमा पनि बजेट पुस्तिकामा आयोजनाहरु राखेको त हामीले जानकारी पाइरहेका छौँ । त्यो ठिक होइन । हाम्रो सोच नै मुलुक निर्माण गर्नेतर्फ भन्दा पनि राजनीतिक रिझ्याईं, लोकप्रियतावादतर्फ देखियो । यसबाट उन्मुक्त नभएसम्म राजनीति धङधङीसहितको बजेट आउने नै हो । त्यसर्थ हामले खर्च व्यवस्थापनामा कठोरता अपनाउन सकियो भने यिनै बजेटका प्राथमिकतालाई लिएर राम्रो बजेट आउन सम्भव छ । 

प्रश्नः सरकारको राजश्व आम्दानी त्यति उत्साहजनक देखिँदैन र वैदेशिक स्रोतमा समेत पछिल्लो समय दातृ निकायहरुले कटौती गर्न थालेका छन्, अब कसरी स्रोत जोहो गर्ने ? 


जवाफः हो । हाम्रो आम्दानीको स्रोत खुम्चिँदै गएको छ । राजश्वको दर बढाउन सम्भवै छैन । किनकी दर दक्षिण एशियाकै सबैभन्दा धेरै दरहरु भएको मुलुकमा नेपाल पर्छ । अझ दर बढाइयो भने अब लगानी घट्ने खतरा उच्च छ र झन् अर्थतन्त्रलाई नोक्शान गर्ने खतरा छ । त्यसकारण दर भन्दा दायरा फराकिलो बनाउनुपर्छ । दायरा बढाउने एउटा क्षेत्र भनेको अनौपचारिक अर्थतन्त्र नै हो । मुलुकको ठूलो हिस्सा अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतातर्फ ल्याउन अब ढिला गरिनु हुँदैन । अनौपचारिक कारोबारलाई करको दायराभित्र ल्याउन सकियो भने हाम्रो अर्थतन्त्रको एकतिहाईको वृद्धि सम्भव छ । जसले गर्दा हाम्रो खर्च व्यवस्थापन गर्न समेत सजिलो हुने देखिन्छ । 

अहिले वैदेशिक सहायता बढाउन निकै चुनौती छ । वैदेशिक सहायता घट्ने क्रममा छ । अमेरिकाबाट आउने सहायता बढ्ने सम्भावना नै देखिँदैन । बेलायतले पनि कटौती गर्ने, जर्मन, जापानले समेत त्यसै गर्ने देखिन्छ । त्यसले गर्दा अनुदानको मात्र वैदेशिक सहायतामा घट्दै जाने देखिन्छ । त्यसको क्षतिपूर्ति हाम्रो अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा ल्याएर राजस्व बढाउने बाहेक अरु विकल्प छैन । अर्को क्षतिपूर्ति भनेको लगानी बढाउने नै हो । लगानी बढाउन पनि हामीलाई त्यति सजिलो भने छैन । एफएटिएफले नेपाललाई ग्रेलिस्टमा राख्दा चुनौती बढेको देखिन्छ । अब विदेशी लगानीकर्ताले हामीलाई शंकाको दृष्टिकोणले हेर्ने बाटो खुलेको छ ।

शंका निवारण गर्न हामीले नसकिरहेको अवस्थामा र ऐन कानून बनेपनि हाम्रा कार्यान्वयन फितलो छन् । ऐन, कानून कार्यान्वयनमा सुधार आउँछ भन्ने अवस्था अहिले पनि देखिँदैन । जसकारण लगानीको क्षेत्रमा पनि ठूलै वृद्धि हुने देखिन्न । मुलुकको विकासका लागि आफ्नै स्रोत जुटाउने, आफ्नै स्रोतको अत्याधिक प्रयोग गर्ने, समयमै सकिने कार्यक्रमहरुमा मात्रै बजेट छुट्टाउने र जनतालाई लाभ दिलाउन यसले एउटा पाठ पनि सिकाएको छ । जनतालाई आशा मात्रै देखिाएर हुँदै, त्यसको प्रत्यक्ष लाभ जनतालाई अनुभुति गर्नेगरी दिनेगरी बजेट बनाइनुपर्छ ।

प्रश्नः चालू खर्च तिव्र गतिमा बढिरहेको छ भने पुँजीगत झन् ओरालो लागेको देखिन्छ, ऋणको दायित्वमै ठूलो रकम गइरहेको छ, यसलाई अब कसरी व्यवस्थापन गर्नुपर्ला ?

जवाफः अत्यान्तै लजमर्दो अवस्थामा मुलुक गइरहेको छ । हाम्रो वैदेशिक सहायता अन्तर्गत ऋणको साबा व्याज भुक्तानीमा  पुँजीगत भन्दा ठूलो बजेट छुट्याउनुपर्ने अवस्था छ  र यो बढ्ने क्रममा समेत छ । यो घट्ने देखिँदैन र यो नघट्नु भनेको पुँजीगत बजेट अझ ओरालो लाग्ने हो । यो भन्दा दुर्भाग्य मुलुकको अर्थतन्त्रका निम्ति अरु केही हुनै सक्दैन । पुँजीगत खर्च बढाउन सकिन्थ्यो तर हाम्रो कार्यान्वयन पक्ष फितलो भयो । विनियोजन प्रक्रियामा रहेको त्रुटी सच्चाउँदै अब पुँजीगत खर्च बढाउनतर्फ ध्यान केन्द्रित गराउन जरुरी छ ।

बजेट ल्याएको दुई महिना नपुग्दै अर्थ मन्त्रालयमा गैरबजेटरी माग्ने लाइन लागेको हुन्छ । राजनीति बजेटमा नपरेका आयोजनाहरुमा चोरबाटोबाट सांसदलाई छलेर रकम माग्ने प्रवृत्ति छ । त्यसलाई प्रोत्साहन हाम्रो राज्य संयन्त्रले गरिरहेको छ । यसले गर्दा बजेटको मूल्यांकन गर्न समेत कठिन परिरहेको छ भने कार्यान्वयनमा चुस्तता ल्याउन समेत कठिन भइरहेको छ । किनभने ती परियोजनाहरु आर्थिक प्राविधिक परिक्षण बिनै मुखले भनेको भरमै आएका छन् ।  त्यस्तो परिस्थितिलाई हामीले बदल्न सक्नुपर्छ जसबाट पुँजीगत खर्चमा बढोत्तरी हुनसक्ने देखिन्छ ।

केही सुधारहरु गर्नसक्ने ठाउँहरु प्रशस्त छन् । जस्तो धेरै खर्च गर्ने मन्त्रालयहरुको सूचना अर्थ मन्त्रालयले राखेर कहाँ कमजोरी भएको छ, कहाँ बजेट अपुग भएको छ ? त्यसको निगरानी गर्न सकिन्छ र प्रभावकारी रुपमा खर्च बढाउने पद्धतिको विकास गर्न सकिन्छ । तर अहिले त्यो पनि गरेको देखिँदैन । जसकारण पुँजीगत खर्च अंकगणितीय हिसावले पछिल्लो ५-७ वर्षदेखि बढ्न सकेको छैन । यसलाई नबढाइ हाम्रो स्वदेशी लगानी पनि बढ्दैन भने विदेशी लगानी पनि बढ्ने देखिँदैन । त्यसैले पुँजीगत खर्च सतप्रतिशत गर्नतर्फ लाग्नुपर्छ । 

प्रश्नः अन्त्यमा अहिलेको परिस्थितिलाई विश्लेषण गर्दा नेपालले थेग्ने बजेटको आकार कति हो ?

जवाफः अहिले हामीलाई करिव १७ खर्बको बजेट चाहिन्छ । त्यहाँ भन्दा माथिको बजेट हामीलाई आवश्यक छैन र जानु पनि हुँदैन । बढी राजनीतिक पेलान नै भयो भने साढे १७ खर्बसम्म जानु ठिक होला तर १७ खर्बको बजेट भयो भने व्यवहारिक बन्नसक्छ । 

स्रोत हेर्ने हो भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमै ल्याउन अहिले नै सकिन्छ । सबै ल्याउन नसकिएका तर हामीले अनुमान गरेको भन्दा आधा ल्याउन सम्भव छ । जसले राम्रै स्रोत जुटाइदिन्छ । हाम्रो अनुदानमा आउने भन्दा धेरै रकम जुटाउन सम्भव छ । अहिले वितरणमुखी, राजनीतिक बजेट आवश्यकै छैन । हाम्रो जस्तो गरिब मुलुकले हामीले एकदमै धेरै विचार गरेर बजेट बनाइनुपर्छ । 

Previous Post

तीन सय ९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा

Next Post

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

Next Post
न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन