तीन संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान १० बे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक ममिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
आजको मौसम
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।
चैत्र २५ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैः सिंहदरबार, १० बजे
अर्थ समितिको बैठक बस्दैः सिंहदरबार, ११ बजे
शिक्षक आन्दोलन शैक्षिक हड्तालः माईतीघर, ११ बजे
महिला तथा सामाजिक ममिला समितिको बैठक बस्दैः सिंहदरबार, ३ बजे
राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैः धुम्बाराही, ३ बजे






