पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ एक लाख ७३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा आज सुनको भाउ एक लाख ७४ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ ।
आज पोखरामा चाँदीको भाउ तोलाको एक आठ सय ६० रुपैयाँ कायम भएको छ ।






