विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
राप्रपाको शक्ति प्रदर्शन
आज राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्दैछ । मंगलवार बल्खुमा प्रदर्शन हुनेछ । आजको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान समेत गरेको छ । राप्रपाले राजासहित राजनीतिक दलहरु सबै अट्ने नविन समझदारीको माग गर्दै आन्दोलन गर्दै आएको छ ।






