• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सामान्य अपराधमा व्यवसायीलाई जेल पठाउँदा आर्थिक बिस्तारमा ठूलो असर परेको भन्दै त्यसो नगर्न सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उक्त आयोगले शुक्रवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो पूर्ण प्रतिवेदन बुझाउँदै आर्थिक गतिविधि रोकिने खालका कुनैपनि गतिविधि नगर्न सरकारलाई भनेको हो । आयोगका अध्यक्ष रामेश्वर खनालले सामान्य अपराधमा व्यवसायीलाई थुन्ने, जेल पठाउँदा उद्योगका साथै सिंगो अर्थतन्त्रमा असर परेको बताउँदै त्यसो नगर्न आोगले सुझाव दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘मुलुभुत रुपमा सरकारले सहजकारी भुमिका खेल्नुपर्छ । नियन्त्रण धेरै भयो भने आर्थिक बिस्तार धेरै हुँदैन । व्यवसायीक स्वतन्त्रता, आर्थिक स्वतन्त्रतालाई सरकारले निर्वाध रुपमा दिनुपर्छ । नियन्त्रणलाई सरकारले कम गरेर जानुपर्छ । त्यो गर्ने सिलसिलामा कतिपय कानूनहरु नियन्त्रणमुखी भएका कारण सामान्य अपराधमा पनि जेलै पठाउने, व्यवसाय नै बन्द गर्ने यस्ता कामहरुले आर्थिक गतिविधिहरु बिस्तार हुन सक्दैन । त्यस्ता कानूनहरु खारेज गर्न सिफारिस गरेका छौं । कतिपय कानूनहरु नयाँ तर्जुमा गर्नुपछ । अहिले भएका नीतिहरुमा जुन किसिमको समस्या छ । त्यसलाई सुधार गर्नुपर्छ । प्रत्येक क्षेत्रगत हिसाबले हामी सुझाव दिएका छौं ।


खनालकाअनुसार अर्थशास्त्रीय भाषामा अहिले अर्थतन्त्रमा देखिएको समस्या भनेको समष्टिगत माग कमजोर भएर गएर हो । मान्छेको खर्च गर्ने क्षमता कमजोर भएर गयो । व्यवसायीहरुले पनि लगानी गर्न खोजेनन् । लगानीका लागि पनि माग कमजोर भएर गयो । माग पक्ष कमजोर भएका कारण अर्थतन्त्र सुस्त भएर गयो भन्ने रहेको तर यथार्थ सबै अवस्थाको विश्लेषण गर्दा आयोगले समस्या माग पक्षबाट मात्रै नभई आपूर्ति पक्षबाट पनि रहेको देखिएको खनालले बताउनु भयो ।  खनालका अनुसार अहिले हाम्रो उत्पादन क्षमतामा सुधार हुन सकको छैन । त्यसमा थ्रुपै अबरोधहरु छन् । जमीन, वन, कृषि, उर्जा, पर्यटन, आईसिटी जुन आर्थिक वृद्धिदरका क्षेत्रहरु छन् त्यहाँ रहेको अवरोधका कारण अर्थतन्त्र सुस्त भएको हो ।
आयोगले मागपक्षीय नीतिहरु र आपूर्ति पक्षीय नीतिहरु पनि सुधार गर्न सरकारलाई भनेको छ । सार्वजनिक वित्तको क्षेत्रमा डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगका सुझावहरु अहिले पनि कार्यान्वयन भएका छैनन् त्यहाँ औंल्याइएका मुद्दाहरुलाई समेत सम्बोधन गर्न सरकारलाई रामेश्वर खनाल नेतृत्वको आयोगले भनेको छ भने विद्याधर मल्लिकको नेतृत्वमा बनेको उच्चस्तरीय कर प्रणाली सुधार समितिले कर पक्षको नीतिगत र प्रशासनिक पक्ष दुवैमा सुधारका लागि दिएका सुझावहरु कार्यान्वयन गर्न भनेको छ ।
आयोगले अब खुल्ला दृष्टिकोण लिएर हिड्न समेत सरकारलाई भनेको छ । अन्तर्राष्ट्रिय हिसावले लाभ लिनका लागि अहिलेसम्म नगरेका कतिपय कामहरु समेत गर्न समेत भनेको छ ।
चालु खर्च बढी भएको त्यसलाई राजश्वको सीमाभित्र राख्नुपर्ने, राजश्व वचत कायम गर्नुपर्ने, वित्तीय अनुशासन कायम गर्नुपर्ने, अहिले भइरहेका आयोजनाहरु यदी ५ वर्षभित्र सम्पन्न हुन सक्दैनन् भने ति सबैलाई थाँति राखेर ५ वर्षमै सम्पन्न हुने आयोजनामात्रै सरकारले अघि बढाउनुुपर्ने, बजेटको आकार ठूलो वा सानोमा ख्याल नगर्न आयोगले सरकारलाई भनेको छ ।
खासगरी आर्थिकसँग सम्बन्धित कार्यालयहरु खारेज गर्न आयोगले सरकारलाई सुझाव दिएको खनालले जानकारी दिनुभयो ।

Previous Post

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग प्रतिवेदनबारे निजी क्षेत्रः नियन्त्रणकारी नीति हटाउ

Next Post

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

Next Post

वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँः श्रममन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन