• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँः उपाध्यक्ष पाण्डे

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले नेपालको कमजोर अर्थप्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । वार्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भइ जिडिपीमा ठूलो परिवर्तन हुने उहाँको भनाइ छ । उहाँले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरुको सहयोगले मात्रै केही गर्न नसकिने बताउनु भयो । नयाँ परिवेशबाट गुज्रिरहेको विश्वपरिवेशबाट नेपालमा पर्नसक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको पछौटे स्थितिलाई अगाडि बढाउनका लागि हामीले उत्पादनमा केन्द्रित हुनुपर्छ । हाम्रा आफ्नै उत्पादनका क्षेत्र के हुन सक्छन् त्यसको छनोट गर्नुपर्छ र हाम्रो आर्थिक स्थितिलाई परिवर्तन गर्ने गरी लाग्नुपर्छ । त्यसको एउटा ठूलो सम्भाना टुरिजम होला । मान्नोस् चीन र नेपालमा वर्ष दिनमा ५० लाख मानिस आदानप्रदान गर्ने स्थिति बन्यो, चीनका ५० लाख पर्यटक नेपाल आउने स्थिति बन्यो भने र यो लगातार १० वर्ष यस्तो अवस्था बन्यो भने नेपालको जिडिपीमा ठूलो परिवर्तन आउँछ, नेपालको परक्यापिटा इन्कममा १० देखि १२ हजार डलर पुग्छ । हामी स्पेसिफिक भएर नेपालको विकास कसरी हुन सक्छ ? हामीसँग के उत्पादन छ र कसरी बेच्ने कसरी नेपाललाई लाभ हुन्छ यसतर्फ सोच्नु पर्ने छ । हामीसँग उत्पादन नभएसम्म हाम्रो अर्थतन्त्र हामीले नै निर्माण गर्ने अवस्था नभएसम्म दाताहरुले  पनि केही गर्न सक्दैनन् । मित्रले सहयोग गर्दा पनि हामीसँग लिने क्षमता हुनुपर्छ, हाम्रो अहिलेको स्थिति दाताले दिँदा पनि लिन सक्ने क्षमता छैन । विश्वको परिस्थिति नै नयाँ ढंगले चेन्ज हुन्छ कि भन्ने ढंगले विश्व गुज्रिरहेको छ । त्यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने हिसाबले हामीेले पनि हेरिरहेका छौँ र यो विश्व घटनालाई चीनले सबै भन्दा नजिकबाट अध्ययन गरीरहेको छ र विश्वको ग्लोवल अर्डरमा नयाँ किसिमको फेरबदल आउने सक्ने पनि देखिन्छ । यस्तो अवस्थामा चीनको भूमिका नेपाल तथा एशिया र सिङ्गो विश्वको स्थायित्व र स्थिरताका लागि पनि महत्वपूर्ण हुन्छ भन्ने मैले ठान्दछु।


उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले नेपाल सँधै एक चीन नीतिमा अडिग रहेको बताउनु भयो ।

Previous Post

चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो

Next Post

नेपाल भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह

Next Post

नेपाल भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन