• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताउनुभएको छ ।


शुक्रवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । तीनकुने भएको घट्नाप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताउनु भयो । उहाँले तीनकुने घटना अपराधिक र विध्वंशकारी घट्ना भएकोले फौजदारी कानूनी प्रक्रियाबाट नै छानविन हुने जिकिर गर्नुभयो । सांसदहरुले घट्नाको सत्यतथ्य छानविन गर्न छानविन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानविन गर्ने बताउनु भयो । सार्वजनिक सम्पती लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उहाँको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उहाँले समितिलाई जानकारी दिनुभयो । घटनाको अनुसन्धान जारी रहेकोले भूमिका अनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाहो¥याउनु भयो । 
उहाँले भन्नुभयो, ‘जब मुलुकको फौजदारी कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ, त्यसका बारेमा छानविन अगाडि बढिसकेको छ । आयोजक थाहा छ, त्यहाँ भाषण् गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उदण्डता गरे थाहा छ । यो त अपराधिक गतिविधि हो नि । यसमा सरकारले राज्यका प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानविन निश्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनैपनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरुमा गम्भिरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौं । जो मान्छे दोषि हुन्छ उसका माथि कानूनी कारबही हुन्छ, जो मान्छे दोािष हुदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरु प्रक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढंगले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ ।’


उहाँले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताउनु भयो । उहाँले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजिलाई हामीले जुनसुकै भाषा, जुनसुकै शब्दले पनि अगाडि बढाउने कुरा उचित हुन्छ भन्ने मलाई लाग्दैन । जनतामा जाउँ आफ्नो कुरा राखौं । हामी त पाँच पाँच वर्षमा जनतामा गइराखेका छौं । हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ । जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।’


उहाँले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताउनु भयो । घटना घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने उहाँको भनाइ छ । बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।

Previous Post

नेपाल भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह

Next Post

नयाँ वर्षमा नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२ हुने

Next Post

नयाँ वर्षमा नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन