• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छः महेश बर्तौला

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।


शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट शुरु भएकाले कतै न कतै उहाँका भुमिका भएको दाबी गर्नुभयो । उहाँले उक्त घटनामा पूर्वराजा शाहको भुमिकाबारे सार्वजनिक प्रश्न उठेकाले उक्त विषयमा छानबिनबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले उक्त घटना सुनियोजित र प्रायोजित ढंगले गरिएको जिकिर गर्नुभयो । घटनामा सुरक्षा निकायले संवेदनशिलता देखाएकाले थप ठूलो घटना हुनबाट बचेको उहाँको भनाइ छ । उहाँले प्रहरीमाथि हेर्नै नसकिने तरिकाको निर्मम र पाशविक प्रहार भएको बताउनु भयो । उहाँले उक्त घटना कुनैपनि राजनीतिक मागसँग जोडिएको आन्दोलन नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रुर हिसावले दर्ज भएको घटना हो । जिउँदै पत्रकारहरुलाई मारिएको अवस्था छ । सरकारी र व्यक्तिगत घरहरु यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो । त्यो असाध्यै प्रायोजित ढंगबाट गरिएको यो घटना यसका दोषीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनका लागि, कारबाहीको प्रक्रियामा ल्याउनका लागि जसरी शिघ्राति शिघ्र अपराध कर्मका जोडिएकाहरुलाई नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याउने अगाडि बढाउने काम गरेको छ सरकारलाई धन्यवाद दिन्छु । गृहमन्त्री र सुरक्षा सम्यन्त्रप्रति आभार व्यक्त गर्न चाहन्छु । त्यसदिन केही प्रहरीमाथि यति धेरै निर्मम र पाशविक ढंगबाट इँटा र ढुंगा प्रहार गरियो त्यो हेर्न सकिने अवस्थामा थिएन । त्यो कुनै आन्दोलन नामबाट हुन्थ्यो  भने संविधानले दिएको अधिकार उपयोगका लागि आन्दोलन हुन्थ्यो भने त्यस्तो घटना हुदैन थियो । प्रहरीलाई मार्ने उद्देश्यका साथ गाडी चलाइएको छ । प्रहरीसँग बन्दुक थियो, ठूलो दुर्घटना हुन सक्थ्यो मानवीय क्षति हुने भिडियोहरुबाट देख्छौँ, त्यस्तो अवस्थामा पनि प्रहरीले ठूलो संयमता अपनाएको देखिन्छ । फागुन ७ गते पूर्वराजाले प्रजातन्त्रको नामा एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, अभिव्यक्ति दिनुभयो, बेला आएको छ जनताले मलाई साथ देउ भनेर अपिल गर्नुभयो । त्यसपछिका घटना त्यहाँबाट प्रारम्भ भएको देखिन्छ । त्यसकारणले गर्दा त्यति ठुलो घटना हुँदा फागुन ७ गते उहाँ स्वयंले आह्वान गरेको अभिव्यक्ति सार्वजनिक मतबाट उत्साहित भएर जे घटनाहरु पपछिल्लो चरणमा भएका छन् त्यो दिनको घटनासँग जोडेर उहाँले कुनैपनि प्रतिक्रिया पनि आजसम्म दिनुभएको छैन,, जहाँ ठुलो क्षति भएको छ न त मृतकमा श्रद्धाञ्जली, न परिवारजनमा समवेदना । उहाँ आफै कहीँ न कहीँ इन्भल्वमेन्ट छ भन्ने कुरा उहाँका आह्वानबाट परेको त्यो दृश्यले गर्दा यो प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि कहीँ न कहीँ जवाफदेहीताको तहमा ल्याइनुपर्छ भन्ने मलाइ लाग्छ । यो पाटोमा सार्वजनिक प्रश्नहरु उठेका छन् । उहाँको सम्लग्नता छ छैन त्यो राज्यको कुरा होला । तर उहाँको आह्वानपछि उठेको यस्तो प्रदर्शन र हिंसात्मक घटनामा उहाँलाई पनि जवाफदेहीताको दायरामा उभ्याउनुपर्छ भन्ने प्रश्नमा सरकारको तर्फबाट केकस्तो भएको छ यसका बारेमा जानकारी पाउन पाए राम्रो हुन्थ्यो ।


प्रमखु सचेतक बर्तौलाले तीनकुने घटनाले तीनकुने क्षेत्र अत्यन्तै संवेदनशील स्थान भएकाले त्यस्ता स्थानमा प्रदर्शन गर्न दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले घटनाको दोषी जो सुकै भएपनि उन्मुक्ति कसैलाई दिन नहुनेमा जोड दिनुभयो ।

Previous Post

महिला खुला गल्फ प्रतियोगिता शनिवार हुँदै

Next Post

इजिप्ट र इण्डोनेसियाबीच गाजा युद्धबारे छलफल

Next Post

इजिप्ट र इण्डोनेसियाबीच गाजा युद्धबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन