• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तीनकुने घटना र प्रेस स्वतन्त्रता हनन सम्बन्धमा नेपाल पत्रकार महासंघले गर्यो सम्पादकहरुसँग छलफल

नीतिप्रेस by नीतिप्रेस
April 15, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


राजावादी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको र प्रेस स्वतन्त्रता हननका सम्बन्धमा नेपाल पत्रकार महासंघले सम्पादकहरुसंग छलफल गरेको छ ।


सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने बताएका छन् । घट्नाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनअनुसार कारबाही गर्न महासंघले दबाब दिनुपर्ने उनीहरुको भनाइ छ । छलफल अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले राजावादीहरुको आन्दोलन लोकतान्त्रिक र शान्तीपूर्ण ढंगले गरिएको आन्दोलन नभएको बताउनु भयो । उहाँले मुलुकको व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रहरुमा कुनै इमान्दारिता नभएको कारण प्रदर्शन हिंस्रक भएको बताउनु भयो । उहाँले आन्दोलनको नेतृत्वलाई लक्षित गर्दै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले दुर्गा प्रसाईंको बल्खु आन्दोलनबाट नै तीनकुनेमा शान्तीपूर्ण आन्दोलन नहुने अनुमान गरिएपनि राज्य संयन्त्र चुकेको बताउनु भयो । उहाँले अगामी दिनमा हुने आन्दोलनहरुमा पत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्न समेत आग्रह गर्नुभयो । पछिल्लो समय समाचार संकलनमा जाने पत्रकारहरुमाथि असुरक्षा बढ्दै गएको उल्लेख गर्दै उहाँले महासंघ गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्यो अन्दोलन कुनै शान्तीपूर्ण रुपमा लोकतान्त्रिक माग राखेर गरिएको आन्दोलन थिएन । नैतिक रुपमा च्युत भएको नेतृत्वलाई जिम्मा लगाएर राजतन्त्र अथवा गणतन्त्र जे भनेपनि अन्ततः नेपालको नेतृत्वको साँचो सुम्पिने कुरा हो नि । व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रको त एउटा इमानदारिता हुनुप¥यो । संवैधानिक वा असंवैधानिक माग राखेपनि नेतृत्वमा एउटा आदर्श र इमानदारीताको खोजी हुने गर्छ । तर यो त असाध्यै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भयो । उनीहरुको बल्खु आन्दोलनबाटै यो आन्दोलन शान्तीपूर्ण हुदैन भन्ने थियो । यसमा राज्य चुकेको छ । राज्य चुकेको कारण हामी दुःखद् परिणाम समेत भोगिसकेका छौं । अब पनि विभिन्न प्रोटेस्ट हुनेवाला छन् । त्यसकारण नेपाल पत्रकार महासंघले नेतृत्व गरोस् । हामी साथ दिन तयार छौं । अहिले पत्रकारहरुमाथि नै ह्यारेसमेन्ट भइरहेको छ । रिपोर्टिङ गर्न जाँदा हुने जटिलतामा पनि महासंघले विचार गरिदियोस् ।


कान्तिपुर पब्लिकेशनका उपसम्पादक जनकराज सापकोटाले सुरेश रजक मृत्यु प्रकरणलाई अपराधको रुपमा व्याख्या गर्दै न्यायिक माध्यमबाट न्यायका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले अगामी दिनमा हुने आन्दोलनहरुको रिपोर्टिङको लागि सेफ्टी टे«निङको व्यवस्था गर्न समेत माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल पत्रकार महासंघले अभिभावकत्व लिएर सेफ्टी टे«निङको व्यवस्था गर्नुपर्छ । सुरेश रजकको घटनामा चाँही क्रिमिनल प्रोसिडिङ नै हो भन्ने हाम्रो माग हुनुपर्छ । महासंघले चाहीँ त्यसको छानविन गरेर क्षतिपुर्ति मात्रै माग गर्ने होइन कि त्यो क्राइम नै हो र त्यसको सत्यतथ्य छानविन गरेर दोषिलाई न्यायिक प्रोसेसबाट क्रिमिनलाइज गर्नुपर्छ भन्ने माग उठाउनुपर्छ जस्तो लाग्छ । अर्को कुरा एभिन्युज टेलिभिजनका हाकिमलाई पनि जवाफदेही बनाउनुप¥यो । उहाँ आफैंले त्यो आन्दोलनमा सहभागि हुन आह्वान गरेको पत्र नै देखिरहेका छौं नि । कि त त्यो गलत भयो भन्न सक्नुप¥यो । उहाँकै समर्थनमा भएको प्रदर्शनमा उहाँकै संस्थामा काम गर्ने व्यक्तिको मृत्यु भइरहेको छ भनेदेखि समाचार संस्था चलाउने मान्छेले सार्वजनिक रुपमा त्यस्तो आह्वान गर्न हुन्थ्यो कि हुँदैन्थ्यो ?


नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरेश रजकको न्यायको लागि आवश्यक पहल भइरहेको बताउनु भयो । आइन्दा प्रदर्शनहरुमा समाचार संकलनका लागि पत्रकार पठाउँदा सजग रहनुपर्ने बताउनु भयो ।


उहाँले सम्पादकहरुको सुझाव र सल्लाका आधारमा महासंघ अघि बढ्ने विश्वास दिलाउनु भयो ।

Previous Post

जिब्रो छेड्ने जात्रा सम्पन्न

Next Post

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

Next Post

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन