• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो

नीतिप्रेस by नीतिप्रेस
April 16, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ ।


नेपालमा रहेका दुई वटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो । भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराउनु भयो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ ।
उहाँले भन्नुभयो, “नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।
निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौँ, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् ।
महानिर्देशक कर्णले भन्नुभयो, “निर्यातलाई प्रोमोशन गर्नको लागि जुन देशमा हामी खाद्यवस्तुहरू निर्यात गर्न खोजेका छौँ त्यो देशको हामी जस्तै खाद्य स्वच्छता नियामक निकायहरूले हाम्रो प्रयोगशालालाई र हाम्रो परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्छ र हामीले मान्यता लिनुपर्छ । त्यो भयो हाम्रा खाद्यवस्तुहरू जुन देशमा निर्यात गर्न खोजेका छौँ, त्यही गएर उहीँको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता हट्छ । यसलाई मध्यनजर गरेर हामीले केही महिनादेखि भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया –एफएसएसएआईसँग मान्यताको लागि विविध चरणमा विभिन्न कामहरू गर्दै आइरहेका थियौँ । यहीँ अप्रिल ४ देखि हामीले मान्यता पाएका छौँ ।
भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उहाँले बताउनु भयो । उहाँले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “अहिलेलाई ८ वटा खाद्यवस्तुहरू (जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायत)को परीक्षण गरी निर्यात गर्छौं । यसले हामीलाई धरै फाइदा हुन्छ । एउटा त यहाँबाट सिर्जित परीक्षण प्रतिवेदन विश्वले मान्यता दिन्छ । त्यही आधारमा उनीहरूले सिफारिस गर्ने हो । सिफारिस भइसकेपछि हाम्रा खाद्यवस्तुहरू जसले निर्यात गर्नुहुन्छ नेपाली व्यवसायीहरूले, त्यो अब भारतको भन्सारमा गइसकेपछि फेरि भारतको अन्य प्रयोगशालाबाट परीक्षण गराउनुपर्दैन । त्यसको लागि यहाँको राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र यहाँबाट लगिसकेपछि त्यो सिधै भारतको भन्सारले त्यसलाई प्रक्रिया पु¥याएर जारी गर्छ, त्यो सहज हुन्छ ।
अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताउनु भयो । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्युन गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उहाँले बताउनु भयो ।
महानिर्देशक कर्णले भन्नुभयो, “यसबाट व्यवसायीहरूको लागतको कुरा पनि छ । ४÷५ वटा ल्याव (भारतका लखनउ, कोलकाता, नयाँ दिल्ली) बाट मात्रै परीक्षण गराउनुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । त्यसबाट सिर्जित लागत धेरै थियो, त्यो घट्ने भयो । साथै, भारतमा पुगेर परीक्षण गरिसकेपछि त्यो खाद्यवस्तु न्युन गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता हटेको छ ।
विभागले यो एउटा सुखद् शुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडी नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ ।
विभागका महानिर्देशक कर्णले भन्नुभयो, “व्यापारमा सहजीकरण हुन्छ । हाम्रो निर्यात बढ्छ । एउटा यो शुरुवात भएको छ । अहिले बिना शर्त हाम्रो ल्यावको सिफारिस भएको छ । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्छ भन्ने हाम्रो विश्वास छ । तर अब व्यवसायीहरूले प्लान चाहीँ गर्नुपर्छ । कहिले निर्यात गर्ने हो ? त्यो भन्दा १०÷१५ दिन पहिले नै निवेदन दिनुपर्छ । आफ्नो उद्योगको निरीक्षण गराउने, ब्याच प्रमाणीकरण गराउने र नेपाल सरकारले तोकेको स्तर बमोजिमको रिपोर्ट आयो र भारतमा निर्यात गर्नको लागि सोही अनुसार नै स्टान्डर्स भयो भने सोही अनुसारको प्रमाणपत्र दिएर हामी सहजीकरण गर्छौं ।
विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पु¥याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् । —न्युज एजेन्सी नेपाल

Previous Post

आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता

Next Post

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई

Next Post

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन