• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछः मुख्यमन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ ।


बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताउनु भयो । प्रदेश सरकारले पर्यटकीय राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा तिब्र गतिका साथा काम गरिरहेको उहाँको भनाइ छ । उहाँले पछिल्लो समय प्रदेशमा रहेका मुक्तिनाथ, त्रिवेनीधाम,पञ्चकोटलगायत मठमन्दिरहरु विश्वभर परिचित हुन थालेकाले धार्मिक पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले आन्तरिक पर्यटकहरु पनि घरबाहिर निस्किएर कतै घुम्न जाउँ भन्दा पोखरा नै पहिलो रोजाइमा पर्ने दाबी गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेला मैदान निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले खेलमैदन निर्माण भएपछि विश्वभरका खेलाडीहरुलाई भ्रमणका लागि आकर्षित गर्ने गरी खेल पर्यटनको प्रवद्र्धन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश निश्चय पनि एउटा पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको प्रदेश नै हो । अहिले पनि नेपालमा आउने पर्यटकहरु विदेशी पर्यटकहरु काठमाडौं आइसके पछि काठमाडौं बाहिर कहाँ जाँने भन्दा पहिलो रोजाइ पोखरा हुन्छ । र स्वदेशी पर्यटकहरु पनि घरबाट बाहिर निस्केपछि कहाँ जाने भनेपछि पहिलो गन्तव्य पोखरा नै हुन्छ । अर्थात गण्डकी प्रदेशकै पर्यटकीय क्षेत्रहरु रोजाइमा परेको छ । त्यसैले हामीले गण्डकी प्रदेश क्षेत्रको पर्यटन विकासका लागि गत वर्ष पोखरालाई नेपालको पर्यटकीय राजधानी भनेर घोषणा गरेका छौँ । र पर्यटकीय राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको निर्माणतर्फ पनि गण्डकी प्रदेश सरकारले त्यसलाई प्रायोरिटी राखेर हामीले काम गरिरहेको अवस्था छ । चाहे धार्मिक क्षेत्रको पर्यटनलाई भन्नुस्, चाहे प्रकृतिले दिएको पर्यटकीय क्षेत्रहरुको हिसाबले गण्डकी प्रदेशको पोखरा र त्यसको वरपरका क्षेत्रहरु निकै सम्भावनायुक्त ठाउँहरु छन् । त्यतिमात्रै नभइकन अहिले हामीले धार्मिक पर्यटनलाई पनि पहिलो महत्वपूर्ण रुपमा पर्यटकलाई भित्र्याउने अर्थात पर्यटक गण्डकीमा ल्याउनका लागि धार्मिक पर्यटनलाई पनि अगाडि बढाउनुपर्छ भनेर हामीले त्यही अनुसार कार्यक्रमहरुलाई अगाडि बढाएको छौँ । किनकी हामीमध्ये यहाँ सबैले सुनेका छौँ कि मनकामनाको मन्दिर, बागलुङ कालीकाको मन्दिर, अहिले नयाँ स्थान आएको छ पञ्कोट, मुक्तिनाथ, त्रिवेनीधामलगायतका धार्मिक स्थलहरु छन् जो नेपालमा मात्र नभइ वि देशमा पनि परिचित छ, ति स्थलहरु पनि गण्डकी प्रदेश भित्रै पर्छन् । त्यसलाई पनि हामीले धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गरेर यी लगायत जहाँ सम्भावना छ त्यसलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा अगाडि बढाउँदै छौँ  भने संसारकै हाइ अल्टिच्युटको खेल मैदान मुस्ताङमा बनाइ रहेका छौँ । त्यो खेल्नका लागि मात्रै होइन । त्यो हाइ अल्टिच्युट मैदानमा आएर  कोही पनि संसार भरका खेलाडीले एक पटक त्यो खेलमैदानमा जाने इच्छा व्यक्त गरुन् र त्यहाँ पुग्ने संसारका खेलाडी र खेलको माध्यमबाट पनि प्रदेशलाई चिनाउन पर्छ भनेर त्यो क्षेत्रमा  पनि कामहरु अगाडि बढाइ रहेका अवस्था छ ।’


मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि हुन सकेन भन्ने भाष्य निर्माण खोजिएको भन्दै २०४८ सालपछिका ३० वर्षमा भएका भौतिक पूर्वाधारका कामहरु अध्ययन गर्न सुझाव दिनुभयो । गाउँका जनतालाई उत्पादनमा जोडेर आर्थिक आर्जन गर्ने अवस्थामा पु¥याउन सके कोही पनि निरास हुन नपर्ने उहाँको भनाइ छ ।

Previous Post

युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा

Next Post

साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

Next Post

साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन