• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ढुक्कले विकास निर्माणमा जुट्नुस्, हल्लाको पछि लाग्न आवश्यक छैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
April 18, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।


शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गर्नुभएको हो । उहाँले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताउनु भयो । उहाँले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “ढुक्कले विकास निर्माणको काममा जुट्नुस् । हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । हामीले हाम्रो देश विकसित बनाउने हामीले नै हो । यो देशलाई सुशासनयुक्त बनाउने हामीले नै हो । मैले सधैँ भन्ने गरेको छु, नेपाललाई एउटा समृद्ध देश बनाउनुपर्छ र सबै नेपाली जनतालाई सुखी बनाउनुपर्छ । हाम्रो गन्तव्य त्यहीँ हो, त्यहाँ भन्दा सुखी गन्तव्य अरू केही परिष्कृत, परिमार्जित गन्तव्य छैन । यो धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेको जस्तो हो । समृद्धि नेपाल, सुखी नेपालभित्र धेरै कुरा छन्, त्यसले धेरै कुरा ओगट्छ ।


प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताउनु भयो । उहाँले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले एक भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको सरकार हामीले केही भनिरहनुपर्दैन यो स्थिर छ । यसले स्थायित्व दिएको छ र दिनेछ । यो धेरै भनिरहनुपर्दैन, कसले के भन्छ भन्ने कुरा छोडिदिनुस् । नेकपा एमाले र नेपाली काँग्रेस यो देशका सबैभन्दा पुराना, सङ्घर्ष गरेका, योगदान गरेका, बलिदान गरेका, सबैभन्दा ठुला र इतिहास बोकेका पार्टीहरू संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन र देशको विकास गर्न एक भएका हुन् ।


उहाँले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गर्नुभयो ।

Previous Post

फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ

Next Post

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन सक्नुपर्छः महामन्त्री थापा

Next Post

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन सक्नुपर्छः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन