कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो । मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताउनु भयो । उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गर्नुभयो ।
मन्त्री चौरसियाले भन्नुभयो, “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ । धेरै ठूलो संशोधनहरू थिए । ८०–८१ भन्दा धेरै संशोधनहरू थिए । त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ । माननीय सोविता गौतमले भन्नुभयो कानून लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ । एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने । हामी प्रयास गर्छौं । एक÷एक वा दुई÷दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ ।”
मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा प¥यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाउनु भयो ।







Everyone loves what you guys tend to be up too.
This type of clever work and coverage! Keep up the wonderful works
guys I’ve incorporated you guys to my personal blogroll.