जेभियर इन्टरनेशनल स्कुलले ब्राजिलियन लेजेण्ड फुटबलर रोबर्टो कार्लोसलाई स्वागत गरेको छ ।
बुधवार काठमाडौंको कालोपुलस्थित स्कुलमा कार्लोसलाई स्वागत गरिएको हो । कार्लोसलाई विद्यालयका सञ्चालक लोकबहादुर भण्डारीले कार्लोसलाई खादासहित विद्यालयमा स्वागत गर्नुभयो । विद्यालयमा विद्यार्थीले कार्लोस पुगेपछि स्वागत गर्दै कार्लोसलाई आफ्नो हस्ताक्षर गर्न लगाएका थिए । नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आउनुभएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोसले आज नेपाल सुपर लिगको खेल हेर्न कार्यक्रम रहेको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।






