• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताउनुभएको छ ।


कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताउनु भयो । उहाँले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताउनु भयो । घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उहाँको भनाइ छ । उहाँले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने दाबी गर्नुभयो । उहाँले नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज हामीले इतिहासलाई सम्झिएर आज हामी जुन धरातलमा उभिएर टेकिरहेको अवस्था छ यो धरातलमा उभिन अवस्था बनाइ दिुनुहुने अग्रजहरुलाई सम्झिएर लोकतन्त्रको प्राप्तिको नेपाली जनताले विजय गरेको दिनलाई ऐतिहासिक क्षणलाई यो ऐतिहासिक दिनलाई डेमेक्रेसी डेलाई अब नेपाली युवाहरुले सेलिब्रेसन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवको पनि महाउस्तव रुपमा युवाहरु अगाडि बढ्नुपर्छ । र नेकपा एमालेका तमामा हामी अण्डर फोर्टीका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौँ । नेकपा एमालेका अण्डर फोर्टीका एक लाख युवालाई स्वागत गर्नका निम्ति, यो उत्सवमा सहभागी गराउनका लागि र लोकतन्त्र दिवसलाई भरपुर रुपमले मनोरञ्जनमय बनाएर अगाडि बढ्नका लागि अन्तिम तयारी भयो भन्ने जानकारीका साथ यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ । आज हामी डिजिटल युगको जमानामा छौँ । हाम्रै उमेर समूह जस्ले भिन्नि उतारचडावहरु समयको परिवर्तनको नेतृत्व गर्दै आयौँ । हाम्रै यही उमेर समूहले घाँस दाउरा हलो कोदालो गर्दै स्कुलको अवस्था पार गर्दै एआईको जमानामा डिजिटल युगमा उत्तिकै अपडेट भएर अगाडि बढ्नुपर्ने पुस्ता छौँ । वैशाख ११ गते हामी यो देशको कूल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत युवाहरुको जनसंख्या छ । एक करोड युवाको आवाज लोकतन्त्र हो । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै छ । त्यसकारण नेपाली जनताले जितेको दिनको उत्सव हामी मनाउँछौँ ।’


अध्यक्ष थेवेले युवा उद्यमशीलताको सङ्कल्पसहित मनाइने उत्सवमा देश निर्माणको प्रण लिइने बताउनु भयो । लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने वैशाख ११ गतेको कार्यक्रममा कलकारहरुले आफ्नो प्रश्तुती दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Previous Post

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

Next Post

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

Next Post

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन