• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताउनुभएको छ ।


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँहरूले यस्तो बताउनुभएको हो । बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले ९० को दशकमा उदार अर्थतन्त्रले भएका विकास र प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै देखिएका विकृतिलाई आगामी बजेटमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा अभ्यास गरिएका उदार अर्थनीति र बजार अर्थतन्त्रकै वरपरबाट अहिलेका आवश्यकताहरू पूरा गर्न नसक्ने निष्कर्षका साथ तीन खम्बे अर्थनीति अपनाएको बताउँदै अहिलेको समयमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्ने जिकिर गर्नुभयो । उहाँले कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।  
उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा गुणात्मक रूपले अर्थतन्त्रको क्षेत्रमा सुधार गर्नुपर्नेछ । त्यसमा एउटा कुरा चाहीँ हामी ९० को दशकले उदार अर्थतन्त्रले जे विकास भयो, जे प्रगति भयो, यसलाई हामी राम्रा कुराको आत्मसात गर्नुपर्छ । त्यसका केही सीमाहरू देखिएको छ, जुन विकृतिको रूपमा देखिएको छ । त्यो कुरालाई हामीले अबको बजेटमा सुधार गर्नुपर्छ । निरन्तर विगतमा अभ्यास गरिएका उदार अर्थ नीति र बजार अर्थतन्त्रकै वरिपरिबाट अहिलेका आवश्यकताहरू पूरा गर्न सक्दैनौँ भनेर तीन खम्बे अर्थनीति अपनाएका हौँ । हामीले अहिलेको दुनियाँमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्छ । हाम्रा प्रतिस्पर्धी क्षेत्रहरूमा टेकेर अगाडी बढ्नुपर्ने हुन्छ । त्यसको नेतृत्व निजी क्षेत्रले गर्छ, त्यो हाम्रो अर्थनीति हो । हाम्रो रूपान्तरित क्षेत्र कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी हुन्छ । केही क्षेत्रहरूमा हामी प्रतिस्पर्धा पनि हुन्छौँ ।” 

 
बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेट जनताको भरोसा जित्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई गतिशील बनाउनको लागि अध्यादेशमार्फत केही कानुनहरूको संशोधन गरेको भन्दै त्यसले मात्रै पर्याप्त नहुने जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्रको आत्मबल बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । पूर्वअर्थमन्त्री कार्कीले अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न नसके जतिसुकै राम्रो बजेट ल्याएपनि कार्यान्वयनयोग्य नहुने बताउँदै सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अब बन्ने बजेट जनताको भरोसा जित्ने किसिमको बजेट बन्नुपर्छ । निजी क्षेत्रलाई गतिशील बनाउनको निम्ति र उनीहरूको आत्मबल अभिवृद्धि गर्नको निमित्त केही कानूनहरूको हामीले अध्यादेशमार्फत संशोधन गरेका छौँ । त्यतिले मात्रै पर्याप्त छैन । अहिलेको अर्थतन्त्रको गतिलाई गतिशील बनाउनको निमित्त निजी क्षेत्रको आत्मबल कसरी अगाडी बढाउन सकिन्छ ? भन्नेकुरा लक्षित यसपालिको बजेट हुनुपर्छ । अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न सकेनौँ भने हामीले जतिसुकै राम्रो बजेट ल्याए पनि त्यो बजेट कार्यान्वयनयोग्य हुन सक्दैन । त्यसैले सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्छ । उहाँले आगामी बजेट जनताको आकाङ्क्क्षालाई पूरा गर्न र विकास निर्माणलाई तिब्र गतिका साथ अगाडी बढाउने खालको  हुनुपर्ने समेत बताउनु भयो ।

Previous Post

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

Next Post

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

Next Post

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन