• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले शिक्षक विरोधी पार्टी होइन ः महासचिव पोखरेल

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाउनुभएको छ ।


बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाललाई कमजोर बनाएर स्वार्थसिद्ध गर्न चाहने अन्तर्राष्ट्रिय तत्वहरुले समृद्धिको दिशामा नेतृत्व दिन सक्षम पार्टीलाई श्रृङ्खलावद्ध रुपमा आक्रमण गरेको बताउनु भयो । उहाँले नेपाललाई समृद्ध बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताउनु भयो । तीन पुस्ताको संयोजनबाट राजनीतिक आन्दोलन अघि बढ्ने बताउनु भयो । उहाँले राणा शासनको अन्त्यका लागि हजुरबाहरुको पुस्ताले आन्दोलनमार्फत सफलता पाएको बताउनु भयो । बुबाहरुको पुस्ताले पञ्चायती व्यवस्थाको अन्त्य गरेको भन्दै उहाँले आफ्नो पुस्ताले नेपाललाई विकाशिल राष्ट्रको स्तरमा पु¥याएको जिकिर गर्नुभयो । उहाँले युवा पुस्तालाई होस्टेमा हैँसे गर्दै नेपालको विकास र समृद्धिको बाटोमा अगाडि बढाउने बताउनु भयो । वैशाख ११ गते हिंसाको राजनीतिबाट शान्ति प्रक्रियामा अगाडि बढेको दिन भएकाले लाखौँलाख नेपाली युवाहरुको भविष्य निर्माणको दिन भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘वैशाख ११ जनताले जितेको दिन, बैशाख ११ सामन्ती राजतन्त्रको अहंकारको घडा फुटेको दिन, वैशाख ११ नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको दिन, वैशाख ११ अध्याँरो युगबाट उज्यालो युगतिर नेपाल प्रवेश गरेको दिन । वैशाख ११ हिंसाको राजनीतिबाट शान्ति प्रक्रियामा अगाडि बढेको दिन । यस अर्थमा वैशाख ११ लाखौँ लाख नेपाली युवाहरुको भविष्य निर्माणको दिन । हाम्रो पाटीको मान्यता छ, राजनीतिक आन्दोलन तीन पुस्ताको संयोजनबाट  गतिशित ढंगले अगाडि बढ्ने गर्दछ । हामी सबैलाई थाहा छ हाम्रा हजुरबाहरुको पुस्ताले १०४ वर्षको राणा शासनको अन्त्यका लागि संघर्ष गरे र त्यसमा सफलता हासिल गरे । हाम्रा बाहरुको पुस्ताले निरञ्कुस पञ्चायती व्यवस्थाको अन्त्यका लागि अहोरात्र संघर्ष गरे र सफलता हासिल गरे । हाम्रो पुस्ताले यो मुलुकलाई अल्पविकसित राष्ट्रबाट विकासिल राष्टको रुपमा पु¥याउने काम ग¥यो जसले आज मुलुकको विकासका समृद्धिको आधारशिला खडा भएको छ । अब तपाईहरुलाई आफ्नो काँधमा यो मुलुकलाई समृद्ध राष्ट्रको निर्माण गर्ने जिम्मेबारी आएको छ । नेपाली जनतालाई खुशी बनाउने जिम्मेवारी आएको छ । यस्तो बेलमा नेपाली समाजका प्रतिगामी तत्वका समूहहरु नेपाली समाजलाई अस्थिरतातर्फ लैजान चाहने शक्तिहरु, नेपाललाई कमजोर बनाउन चाहने अन्तर्राष्ट्रिय तत्वहरु स्वभाविकरुपमा जनतामा निराशा पैदा गरेर देशभक्त पार्टीहरुमाथि, विकासको योजना बनाउने सक्ने पार्टीहरुमाथि सक्षम नेतृत्वमाथि प्रहार गर्ने जुन श्रृङ्खला शुरु भइरहेको छ त्यो श्रृङ्खलालाई रोकेर हामी समाजमा फेरि विकासलाई समृद्धिको बाटोमा अगाडि बढाउन चाहन्छौँ । र त्यो समृद्धिको बाटोमा हामी नेपाली युवाहरुलाई होस्टेमा हैसे गरेर अगाडि बढाउन चाहन्छौँ ।’


महासचिव पोखरेलले नेकपा एमाले शिक्षक तथा कर्मचारी विरोधी नभएको बताउनु भयो । अहिलेसम्म २०४६ सालको परिवर्तनपछि शिक्षक तथा कर्मचारीको आठ पटक सेवा सुविधा वृद्धि भएकोमा सात पटक एमालेको नेतृत्वमा बनेको सरकारले गरेको दाबी गर्नुभयो । उहाँले एमालेलाई शिक्षक कर्मचारी विरोधी पार्टी भनेर जनतामाँझ बद्नाम गराउन खोजिएको भन्दै सचेत रहन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘अहिले आन्दोलन गरिरहेका शिक्षकहरुलाई भन्न चाहन्छु । शिक्षकहरु र कर्मचारीहरुको तलव वृद्धि सुविधा वृद्धि कति पटक भयो भनेर तपाईले सोध्नुभयो भने कम्तीमा आठ पटक सुविधा वृद्धि भयो बहुदलीय व्यवस्थाको स्थापना पछाडि । सात पटक नेकपा एमालेको नेतृत्वको सरकारले मात्रै सुविधा बढाउने काम गरेको छ । आज यस्तो प्रचार गर्न खोजिदै छ एमाले त शिक्षक विरोधी, एमाले त कर्मचारी विरोधी । जस्ले शिक्षकहरुको पक्षमा काम गरेको छ, जस्ले कर्मचारीहरुको पक्षमा काम गरेको छ त्यो पार्टीलाई बदनाम गर्न खोजिएको छ ।सबैले सचेत हुनुपर्दछ । होसियार हुनु पर्दछ । जसले जनताको पक्षमा काम गर्दछ त्यसको भरोषा गर्नुपर्दछ ।’


महासचिव पोखरेलले देशको विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले मात्रै गर्नसक्ने दाबी गर्नुभयो । उहाँले राष्ट्र निर्माणको गोरेटामा अघि बढेकाले युवाले निराश नभइ जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

Previous Post

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

Next Post

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

Next Post

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन