• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
April 24, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, बैशाख ११

पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको  छ।

साईकल सिटी पोखराका पुर्व सदस्य , लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस डिष्टिक्ट गभर्नर तथा पोखरा विश्व विद्यालयका सह प्रशासक तेज नारायण पराजुलीले उद्घाटन गरेसंगै सुरु भएको साइकल र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको हो । 

र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा सयौं स्थानीयवासी, युवा, र साइक्लिङ मा उत्साहजनक सहभागिता रहेको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण, र पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गरेको बताउनुभयो। “यो र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवद्र्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पु¥याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,” उहाँले भन्नुभयो। उहाँले र्यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान गर्नुभयो।

मानवसेवा फाउण्डेशनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कशेली यात्रा आयोजना हुने कार्यक्रम रहेको छ।

यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ। र्यालीले स्थानीय समुदायमा उत्साह तथा उर्जा समेत थपेको छ।  

४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ ।

कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी  थिइन् ।  देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।  

आज गत शुक्रबार देखि देबी प्रतिभाले भागवत प्रबचन दिनहु दिइरहेकी छिन। 

कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।

महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ। यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् ।

गण्डकी कोटिहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ। पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन्।

सो अवसरमा विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन तथा अध्यात्मिक प्रेमीहरूको उपस्थिति अझ उल्लेखनीय  रहेको छ ।दिनहुँ विशेष अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समिति अनुसार १६ गते पछाडी विभिन्न राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ।

गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानको रूपमा सीमित नरही, समाजमा सहकार्य, समर्पण र सद्भावको नयाँ आयाम खोल्ने माध्यम बनेको छ। वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले देखाएको आत्मीय सहभागिता, नगर प्रमुखको सक्रियता, र आम जनताको आस्था—यी सबैले मिलेर महायज्ञलाई सफलताको शिखरमा पु–याइरहेका छन्।

यस महायज्ञले केवल केही दिनको कार्यक्रम नभई, लामो समयसम्म स्मरणीय रहने एक सांस्कृतिक दस्तावेज तयार गरिरहेको अनुभूति सहभागी हरेक व्यक्तिले गरिरहेका छन्। जनप्रतिनिधि, स्थानीय अगुवा, स्वयंसेवक, महिला समूह, बालबालिका तथा वरिष्ठ नागरिक—सबैको सहभागिताले यो कार्यक्रमलाई सम्पूर्ण पोखरेली समाजको साझा चाड बनाएको छ।

Previous Post

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

Next Post

धर्म संस्कृतिले मात्र मुलुक बाँच्न सक्छ : सामाजिक अभियन्ता अर्जुन भुसाल

Next Post

धर्म संस्कृतिले मात्र मुलुक बाँच्न सक्छ : सामाजिक अभियन्ता अर्जुन भुसाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन