• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक

नीतिप्रेस by नीतिप्रेस
May 3, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगा¥यौँ भने आफैँ जोखिममा पर्ने बताउनु भयो । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्युनिकरण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छाँै भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गर्नुभयो । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरु मात्रै नभइ समग्र नागरिक रहेको बताउनु भयो ।

नागरिकहरु कुनै न कुनै हिसावले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताउनु भयो । 


गृहमन्त्री लेखकले भन्नुभयो, ‘आगामी दिनमा हामी कसरी प्राकृतिक विपद्बाट बाच्न सक्छौँ । विपद्को जोखिमलाई कसरी न्युनिकरण गर्नसक्छौँ र विपद् आइहाल्यो भने हामी त्यसको प्रतिकार्य कसरी गर्दछौँ, पुनःस्थापन र पुनःनिर्माणका कार्यहरु कसरी गर्छौं भन्नेकुरालाई पनि ध्यान दिन र स्मरण गर्न हामी यहाँ उपस्थित भएका छाँै । विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ति दुःख न्युनिकरण गर्न तयारी अवस्थामा बस्न जरुरी छ । आजको दिन पीडाका सँगै विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा हामी यस्ता पीडाबाट सुरक्षित हुन्छाँै भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन हो । त्यसकारण आज हामी सबैले प्रतिवद्धता व्यक्त गरौँ । हामी विपद्को जोखिमलाई न्युनिकरण गर्नेछौँ, विपद्को जोखिमपछि उत्पन्न परिस्थितिलाई हामी ठिक ढंगले व्यवस्थापन गर्नेछौँ । यो सरकारको तर्फबाट म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । सरकार भनेको मन्त्रीपरिषद्मात्रै होइन । सम्माननीय प्रधानमन्त्री वा मन्त्री मात्रै सरकार होइन । सरकार भनेको समग्रता हो । हामी सबै कुनै न कुनै रुपमा राज्यसँग जोडिएका छौँ । प्रकृति नियमले चल्छ, हामी नियतले चल्छौँ । हामीले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगा¥यौँ भने हामी आफैँ जोखिममा पर्दछौँ । त्यसकारण पर्यावरणलाई स्वच्छ राखौँ, प्रकृति नबिगारौँ । प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ । केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्युनिकरण गर्न जरुरी छ । जोखिम घटनाउन जरुरी छ । हाम्रा संरचनाहरु बलियो हुन जरुरी छ । ’

गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले शतर्क भएर रहनुपर्ने बताउनु भयो । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्नसके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गर्नुभयो ।

Previous Post

ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

Next Post

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन

Next Post

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन