• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि आएः परराष्ट्रमन्त्री राणा

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताउनुभएको छ ।


थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताउनुभएको हो । उहाँले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले भूपरिवेष्ट्रि तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताउनु भयो । उहाँले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलपलल भएको बताउनु भयो । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरु विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘थाइल्याण्डको बैंकमा बैशाख ८ देखि १२ गतेसम्म आयोजित युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सेसनको अध्यक्षता गरी स्वदेश फर्कदै छु । मैले यूनएनएसक्यापको ओपनिङ सेसन र जनरल डिबेटको पहिलो खण्डको अध्यक्षता गरेकी थिएँ । मसँगै फिलिपिन्स र अरु पनि भ्वाइस प्रेजिडेन्ट भएर उठ्नुभएको थियो र मैले ओपनिङ र जनरल डिबेटको अध्यक्षता गरेपछि उहाँहरुले फेरि अध्यक्षता गर्नुभयो । यो यूएनको प्रणाली हो । एकजना अध्यक्ष र तीन चार जना भ्वाइस प्रेजिडेन्टहरु हुनुुहुन्छ । त्यसपछि स्मेसल बडी लिस्ट डिभलप्ड  ल्याण्ड लक्ड डिभलपिङ एण्ड स्मल आइल्याण्ड नेशन्स् को समेत अध्यक्षता गरेकी थिएँ । यो ग्रुप अफ कन्ट्रीज चाहीँ ९२ देश हुने रहेछ । त्यसको सेसनमा हामीले त्यसको अध्यक्षताले हामी एलडिसीको पनि अध्यक्ष हो । र नेपालको एउटा छवि इन्टरन्यास्नली अलिकति यसलाई राम्रो गरेको जस्तो हामीलाई लागेको छ । कार्यक्रमको साइड लाइनमा एसको एक्जुकेटिभ सेक्रेटरी महामहिम अर्मिदास आलिस्जाभानाबीच भेटघाट भयो । उक्त भेटमा मैले एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्न एस्क्यापले खेल्दै आएको भुमिकाको प्रशंसा गर्दै  आगामी दिनमा सो भुमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । यो चाहीँ हामीले दीगो विकासको लक्ष्यहरुलाई यो क्षेत्रले कसरी प्रर्सु गरिरहेको छ यसको लागि उहाँले टेक्निकल सहयोग पनि दिनुहुन्छ । र उहाँहरुले फण्डिङ मेकानिजमहरु अर डिसकसका फोरमहरु पनि अर्गनाइज गर्नुहुन्छ । त्यसमा हामीले कसरी उहाँहरुसँग कसरी लिने र अहिलेसम्म भएको सहयोगको हामीले धन्यवाद दियौँ । उहाँले यहाँ आएर विभिन्न कुराहरुको मिटिङहरु पनि गर्नुहुन्छ । यसले एलडिसीबाट ग्राजुएसन गर्दा व्यापार सम्बन्धी हामीले पाइरहेका सहुलियतहरुमा के हुन्छ, यसको स्टाटेजिहरु कसरी बढाउने भन्ने कुराहरुमा छलफल हुन्छ । र मैले मेरो भ्रमणमा सगरमाथा सम्बादसम्बन्धी पनि त्यहाँ कुराहरु राखेँ । त्यहाँ हुनुभएका प्रतिनिधिहरु युनएसका एक्जुकेटिभ सेक्रेटरी पनि आउँदै हुनुहुन्छ ।


पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताउनु भयो । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उहाँको भनाइ थियो ।

Previous Post

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध

Next Post

काँग्रेसको प्रश्तावः प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ

Next Post

काँग्रेसको प्रश्तावः प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन