• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विकसित राष्ट्रहरुको व्यापार युद्धको प्रतिकुल असरलाई ध्यान दिएर बजेट आउनुपर्छः गोकर्ण विष्ट

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ ।


प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरु देखिएको बताउनु भयो । उहाँले अति विकसित देशहरुको व्यापार युद्धको प्रतिष्पर्धाको प्रत्यक्षरुपमा प्रतिकुल असरका सामना नेपालले पनि गर्नुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा समस्या र चुनौति थपिए पनि आन्तरिक रुपमा सम्भावित सम्भावना खोज्नुपर्ने बताउनु भयो । उहाँले आन्तरिक रुपमा पनि लामो समयदेखि नेपालको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो । वर्तमान सरकारको छोटो प्रयासले मात्रै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘दोस्रो विश्व युद्धपछि अवधिमा खासगरी दुनियाँभरी खुला बजार खुला व्यापारको कारणले एक प्रकारले विश्व अन्तरनिर्भरताको अवस्थामा देखाप¥यो । विकसिल राष्ट्रले प्रविधि हस्तान्तरण गर्ने र सहयोग प्रदान गर्ने एउटा युगको रुपमा दोस्रो विश्व युद्धपछि विश्वले केही दशक पार ग¥यो तर यतिबेला विश्वमा केही समस्याहरु देखा परेका छन् । विश्वको अर्थ व्यवस्थामा केही नयाँ प्रकारका समस्याहरु देखा परेका छन् । विश्व अर्थतन्त्रमा देखापरेका नयाँ प्रकारका संकटहरु अन्तरविरोध र समस्याहरुका कारणले नयाँ प्रकारका चुनौति हाम्रो देशले पनि सामना गर्नुपर्ने खतरा पैदा भइरहेको छ । खास गरी विकसित अति विकसित देशहरुको व्यापार युद्ध प्रतिष्पर्धाको होडले गर्दा हाम्रा जस्ता देशहरुलेसमेत केही प्रतिकुलताको सामना गर्नुपर्ने अवस्थासमेत पैदा भएको छ । एकातिर केही चुनौतिहरु  पैदा भएका छन् अर्कोतिर सम्भावित सम्भावनाहरु पनि खोज्नुपर्ने स्थिति रहन सक्छन् । यी सबै कुराहरुलाई मध्य नजर गरेर नीति कार्यक्रम आउनु जरुरी छ, बजेट आउनु जरुरी छ । यो बजेट अधिवेशन यसकारण पनि महत्वपूर्ण छ देशमा यी उल्लेखित चुनौतिहरु समस्याहरु बाहेक बहुआयामिक समस्याहरु पनि पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारणहरु छन् भने केही समस्या हाम्रा आन्तरिक कारणहरु पनि छन् । यी समस्याहरु केवल नौ महिनाको यो सरकारको अवधिमा पैदा भएका समस्याहरु होइनन् । यी समस्या लामो समयदेखि थुप्रिएका समस्याहरुलाई यी चुनौतिहरुलाई सामना गर्ने गरी सरकार अघि बढिरहेको छ तर चुनौतिका पहाडहरुलाई केवल नौ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुग्न वा सफलता प्राप्त गर्ने अवस्था नरहन पनि सक्छ ।’


सचिव विष्टले पञ्चायती व्यवस्थाको अन्त्यपछि लोकतान्त्रिक अभ्यासले देशको गरिबी निवारणलगायत अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।

Previous Post

सम्पदामा राजनीति नगरौँः उपप्रमुख डंगोल

Next Post

पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ

Next Post

पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन