नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्र्ेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताउनु भयो । उहाँले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताउनु भयो । उहाँले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताउनु भयो । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘खास गरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु । खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु । गीत संगीतको क्षेत्र जुन उद्योगको रुपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ । सदस्य राष्ट्रको रुपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको कुरा राख्न चाहन्छु । नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ । जसले पेटेन्ट ट्रेडमार्क अधिकारलाई सुरक्षित राख्न सहयोग गरेको छ । अहिले हामीकहाँ पनि कतिपय ट्रेडमार्क र पेटेन्टको इस्युहरुमा विवाद पनि आउने गरेको छ । कतिपय कपय कपि गरेको मिल्दो जुल्दो गरेको पनि देखिन्छ यसमा विभागले विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पतीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।






