Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

खेलाडीलाई निराश बनाउँदै खेलकुदमन्त्री चौधरी

नीतिप्रेस by नीतिप्रेस
April 29, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
खेलाडीलाई निराश बनाउँदै खेलकुदमन्त्री चौधरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिता समग्र खेलाडी र खेलकर्मीका लागि सदैव प्रतीक्षा गर्ने आयोजना हो ।
तर २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुदको आयोजना राजनीति द्वन्द्व, देशको व्यवस्था परिवर्तनका साथै केही व्यक्तिको स्वार्थका कारण प्रभावित हुँदै आएको छ । यसको प्रत्यक्ष मार नेपाली खेलकुद र खेलाडीले भोग्नुपरेको छ । त्यसैले त हाल २१औं संस्करण पूरा हुनुपर्ने अवस्थामा दशौं संस्करणको राष्ट्रिय खेलकुद पनि हुन सकिरहेको छैन । अहिलेसम्म यि प्रभावित हुनुका धेरै कारणहरू छन् । त्यसबारे अहिले उल्लेख गर्नु उचित नहोला । तर, समयमा नै हुने आशा गरिएको दशौं राष्ट्रिय खेलकुद चाहीँ किन हुन सकेन त भन्ने प्रश्न नेपाली खेलकुदमा अहिले उब्जिएको छ ।


यो आयोजनाको मुख्य जिम्मेवार हुनुपर्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग यसको उचित जबाफ भने छैन । जसले गर्दा नेपाली खेलकुद क्षेत्रमा नैराश्यता छाएको छ । गत वर्षको मंसिरमा नै कर्णाली प्रदेश दशौं खेलकुद सम्पन्न हुनुपर्ने हो । तर मन्त्री चौधरीको असक्षमताका कारण दशौं राष्ट्रिय खेलकुद अभैm अन्योलमा छ । यो आयोजना प्रभावित हुनुका पछाडि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको राजनीति स्वार्थसँगै दशौं खेलकुदको सहआयोजक कर्णाली प्रदेशले आयोजना नगराउन भुमिका खेलेको आरोप पनि छ । उपाध्यक्ष आचार्यले एमालेबाट केही समयअगाडि राखेपको उपाध्यक्ष पदमा नियुक्ति पाएका हुन् । 
खेलकुदको कार्यकारी भुमिका राखेपको सदस्यसचिवमा नेकपा (माओवादी केन्द्र) निकट टंकलाल घिसिङ छन् । यस्तोमा आचार्य र काँगे्रेसको कोटामा मन्त्री बनेका चौधरी दशौं राष्ट्रिय खेलकुद गराउने पक्षमा छैनन् । घिसिङलाई हटाएर मात्र दशौं खेलकुद गराउने मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको योजना रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । यसअघि मन्त्री चौधरीले बोर्डका केही सदस्यलाई हटाएका थिए । जुन अदालतले अवैधानिक भन्दै उनीहरूलाई पुर्नस्थापन गरिसकेको छ । फेरि मन्त्री चौधरी त्यही खेलमा लाग्दा नेपाली खेलकुद भद्रगोल अवस्थामा पुगेको छ । आफ्नै लगानीमा रहेको विद्यालय नाइटेङ्गलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राखेपको बोर्डमा नियुक्ती दिएका विवादित बनेका मन्त्री पछिल्ला हर्कतका कारण झन् आलोचित भइरहेका छन् ।


स्थानीय तहदेखि नै खेलाडीको तालिम र छनोट हुँदै ओलम्पिकजस्तै संरचनामा हुने यस बृहत राष्ट्रिय खेलकुद २०३८ सालदेखि शुरु भएको हो । एकैपल्ट धेरै खेलका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहने राष्ट्रिय खेलकुदको महत्व विशेष नै हुन्छ । अभैm भनौ सिंगो राज्य नै लागेर आयोजना गर्ने राष्ट्रिय खेलकुद नेपाली खेलकुद विकासको मेरुदण्ड नै हो । कुनैपनि ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका साथै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताअगाडि खेलाडीले राष्ट्रिय खेलकुदमार्पmत तै आफूलाई तयार गर्दछन् । हरेक दुई वर्षको अन्तरमा आयोजना गरिने गरी वृहत राष्ट्रिय खेलकुदको अवधारण शुरु भएको हो ।


तीन पटकसम्म मन्त्री चौधरीले मिति सारे पनि आगामी जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना हुने खेलाडीहरूमा झिनो आशा थियो । तर खेलकुदमन्त्री चौधरीले नै चैत २८ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा आधारहीन कारण देखाउँदै नगर्ने निर्णय गरेका थिए । बोर्डका ६ सदस्य अन्जन धमला, प्रकाश कुसारी, दीपेन्द्र बिष्ट, अञ्जना मास्के श्रेष्ठ, डा. मधुसुदन सुवेदी र बिना श्रेष्ठले दशौं खेलकुद नगर्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट (असहमति) पत्र लेखेका थिए । बोर्डका बहुमत सदस्यले राष्ट्रिय खेलकुद रोक्न नहुने मत राखेका थिए । तर पनि खेलाडीको भविष्यमा अन्धकार बनाउँदै राखेपका बोर्ड अध्यक्षसमेत रहेका मन्त्री चौधरीले दशौं खेलकुद जेठमा नगर्ने निर्णय गरे ।
उपाध्यक्ष आचार्यको अनुगमनको आधारमा राष्ट्रिय खेलकुद गर्न नसक्ने मन्त्री चौधरीको निर्णय थियो । जसमा तथ्य र प्रमाण केही देखिँदैन थियो । आचार्यले कसको नेतृत्वमा कहिले, कहाँ अनुगमन भयो अभैm स्पस्ट छैन । कसले कहिले कहाँकहाँ अनुगमन गरेको र अनुगमनबाट के कस्तो प्रतिवेदन आएको भन्ने यकिन नै छैन । प्रतियोगिता गर्न सकिदैन भन्ने आचार्यको ठहर हचुवा दाबी मात्र देखिन्छ । त्यसमाथि पनि उपाध्यक्ष स्वयम् सहभागी १२१औं बोर्ड बैठकले जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । तर, आचार्य आपैmँले आधारहीन तथ्य बनाएर खेलाडीले प्रतीक्षा गरिरहेको राष्ट्रिय खेलकुदलाई अन्योलमा पु¥याए ।  
जसको कारण मन्त्री चौधरी र उपाध्यक्षको चौतर्फी आलोचना पनि भइरहेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट बजेट (६० करोड) बिनियोजन र पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुद हुन सकेन । त्यसैले मन्त्री चौधरीले राजीनामा दिनुपर्ने पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका राखेपका बोर्ड सदस्य अञ्जन धमला बताउँछन् । राजनीति पूर्वग्रह राखेर राष्ट्रिय खेलकुदलाई अन्योलमा राखिको उनको भनाइ छ । खेलाडी जीवन पूरा गरेर खेलको नेतृत्वमा पुगेको आफूहरू जस्ता पात्र र अन्य खेलाडीलाई नै निराशा बनाउने काम मन्त्रीले गरिरहेको राखेप सदस्य धमलाको आरोप छ ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा अनेक बाहनामा दशौं राष्ट्रिय खेलकुद हुनु दुर्भाग्य रहेको बताए । केही सीमित व्यक्तिको स्वार्थका कारण राष्ट्रिय खेलकुद अन्योलमा हुनु दुखको विषय रहेको उनको भनाइ छ । यसको जिम्मेवारी देशको नेतृत्व गरिरहेका व्यक्तिले पनि लिनुपर्ने पूर्वखेलाडी श्रेष्ठ बताउँछन् । खेलाडीहरूले साढे दुई वर्षदेखि तयारी गरिरहेको अवस्थामा यो आयोजना नगर्नुले खेलाडी पलायनको अवस्थालाई प्रोत्साहन गर्नु सरह रहेको उनको भनाइ छ ।


संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक पटक दशौं राष्ट्रिय खेलकुद समयमै गर्नका लागि निर्देशन दिएको । संसदीय समितिको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा पनि राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि तथा सरोकारवाला पक्षहसँग छलफल गरी प्रतियोगिता समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ । तर पनि मन्त्री चौधरीले दशौं खेलकुदको आयोजना गर्न चाहेनन् । उनी आपैmँसँग पनि यो आयोजना स्थगन गर्नुको उचित कारण छैनन् । यसबारे मन्त्री चौधरीसँग प्रश्न गर्दा पनि उनले पनि यसको जवाफ दिन सकेनन् । तर उनले के कारण आयोजना रोकेको भन्नेबारे सबै खुलाउन नसकिने बताए । उनले राखेपका उपाध्यक्षले आयोजना नगर्न प्रतिवेदन नै दिएको र मुख्यमन्त्रीले पनि केही असहमती पनि जनाएको स्वीकार गरे । 


राष्ट्रिय खेलकुद सन्चालन निर्देशिका २०८१ बमोजिम खेलाडी छनोटको जिम्मेवारी सम्बन्धित प्रदेश तथा टिमको नै हो । तीमध्ये कर्णाली, सुदूरपश्चिम, गण्डकीले केही खेल बाहेक छनोट गरिसकेका थिए । वागमती र अन्य प्रदेशले छनोटका लागि सूचना प्रकाशन गरी तयारी सुरु गरेको अवस्था छ । यता विभागीय टिमले छनोट गरी नियमित प्रशिक्षण गराइरहेको अवस्था छ । दशौं खेलकुद आयोजनाका लागि सामाग्री खरिद गर्न दुई करोड मात्र बजेट प्राप्त भएको छ । बजेट न्युन भएकाले पेश्की उपलबध गराई खेल संघहरूमार्पmत समाग्री व्यवस्थापन गर्न सकिन्छ । अन्य खरिदका लागि टेन्डर प्रक्रिया सुरु भई सकेका छन् भने कति केही टेन्डर मूल्यांकनकै क्रममा छन् । 
गर्मी समय भएकाले खेलतालिका बिहान बेलुका बनाउने र दिउँसोको समय खेलाडीलाई आराम दिने गरि खेलतालिका बनाउने योजना हो । मौसमका विषयमा निर्णय गर्दा नै छफलफल भएको थियो । निर्णय गर्दा सहमति हुने र अहिले प्रतिकुल कसरी भयो ? यस्तै विगतका प्रतियोगिताहरु पनि वैशाख जेठमा भएका हुन् । सबै मौसममा खेलकुद हुँदै आएको हो । त्यसमा पनि नेपाली खेलाडीहरूले नेपालमा भन्दा प्रचण्ड गर्मी भएका गल्फ राष्ट्रमा राम्रो प्रदर्शन गरेको इतिहास पनि छ । शीर्षकको बजेटका लागि एलएमविआईएसमा प्रविष्ट नभएकाले खेलकुद आयोजना गर्न नसकिने अवस्था थियो । तर त्यो बाटो पनि खुलिसकेको अवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले पनि त्यसबारे स्पष्ट पारिसकेको छ । नवौं राष्ट्रिय खेलकुदको नम्र्स अनुसार खर्च गर्न स्विकृत भइसकेको अवस्था पनि छ । 
प्रतियोगिताका लागि गरिने खरिद प्रक्रिया सम्वन्धमा सार्वजनिक खरिद ऐन २०६३ तथा खरिद नियवाली २०६४ को व्यवस्था अनुसार राष्ट्रिय खेलकुद परिषद्को स्थायी संयन्त्रले नै काम गरीरहेको छ । उक्त ऐन र नियमावलीमा खरिद प्रक्रियामा विषयगत उपसमितिको सहभागिता नदेखिएकोले पनि उक्त कार्य गर्न उपसमितिको आवश्यकता देखिँदैन । राष्ट्रिय खेलकुदको तयारीका लागि २०८१ असार २७ गते काठमाडौमा आयोजना भएको बैठकमा प्रतियोगितामा समावेश गरिने खेल, इभेन्ट र खेलाडी संख्या निर्धारण भइसकेको थियो । राष्ट्रिय खेल संघहरूसँग छलफल गरी निर्णायक संख्या पनि निर्धारण पनि भएको अवस्था थियो । तर पनि आयोजना हुन सकेन । 
सुर्खेतमा मुल आयोजक समितिको सचिवालय उद्घाटन कार्यक्रममासमेत मुख्य मन्त्री यामलाल कडेँलले आयोजनका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । तर मुख्यमन्त्री कडेंल नै पछि आयोजनाको विपक्षमा किन उभिए भन्नेबारे स्पष्ट छैन । मन्त्री चौधरीले पनि सोही कारण देखाउँदै आयोजना स्थगन गरे ।

Previous Post

भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

Next Post

राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई

Next Post
राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई

राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः रक्षामन्त्री राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन