राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नेकुरा सरकारको उद्देश्य हुनुपर्ने बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताउनु भयो । उहाँले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताउनु भयो । उहाँले भारतबाट विद्युत आयात गरेपनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत भारतमा निर्यात गरेको बताउनु भयो । उहाँले बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको बताउनु भयो । नेपालसँग ८३ हजार मेगावाट विद्युतको सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत उत्पादन गरिरहेको बताउनु भयो । उहाँले यो उद्देश्य प्राप्तिका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस मुलुकको राजश्वले साधारण खर्च पनि धान्न सक्दैन । तर हाम्रो देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले टोटल जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता राख्छ । कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता छ । र जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको छ । हामीले इण्डियाबाट विद्युत इन्म्पोर्ट गरेपनि वर्षा मौसममा हामीले २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत भारतमा निर्यात गरेका छौँ । साथै बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता पनि भएको छ । हामी ८३ हजार मेगावाट विद्युतको सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत उत्पादन गर्दछौँ । हाम्रो मुल उद्देश्य मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नुपर्नेमा बिडम्वना यस्तो छ सभामुख महोदय, की अहिले हामी त्यस उद्देश्यको नजिक पनि पुगेका छैनौँ । यस्तो स्थितिमा हामीले धेरै सुधार गर्न सक्नुपर्छ । तर त्यो उद्देश्यअनुसार नेपाल सरकारले मात्रै लगानी गर्न कदापि सक्दैन । त्यसको समाधानको लागि व्यापक विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गराउनुपर्छ । यो कार्य गर्नको लागि सजिलो किसिमको नियम कानून र भ्रष्टाचारमुक्त वातावरण लगानी कर्ताले खोजेको हुन्छ । त्यस्तो परिस्थिति हालसम्म सरकारले सिर्जना गर्न सकेको छैन ।
यसका लागि सजिलो किसिमको नियम कानून र भ्रष्टाचारमुक्त वातावरण लगानी कर्ताले खोजेको बताउनु भयो । यस किसिमको परिस्थिति हालसम्म पनि सरकारले सिर्जना गर्न नसकेको बताउनु भयो ।






