• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पार्टी एकता रोक्न संरक्षक चौधरीलाई पक्राउ गरियोः प्रवक्ता यादव

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी एकता हुन नदिन पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले पक्राउ गरेको आरोप लगाउनुभएको छ ।


बुधवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी  नदिएको बताउनु भयो । उहाँले पहिचानवादी शक्तिहरुबीच एकता नहोस् भन्ने शक्तिले एकता प्रक्रिया बिथोल्न खोजेको बताउनु भयो । उहाँले तत्कालका लागि पार्टी एकता रोकिएको बताउनु भयो । जनमत पार्टीसँग छलफल गरेर पुनः एकता प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले भर्खरै तपाईंहरुकै माँझ उहाँलाई गिरफ्तार गरिएको भन्ने हामीले सुनेका छौँ, सादा पोशाकमा आएका प्रहरीहरुले उहाँलाई लिएर जानुभएको छ । अब विस्तृत रुपमा कुरा हामीहरुलाई पनि थाहा छैन, उहाँलाई कहाँ लिएर गएको हो ? किन लिएर गएको हो ? यो कुराको हामीहरुलाई जानकारी पनि भएको छैन । उन्मुक्तिको साथीहरु पनि उतातिर बिजी हुनुभएको अवस्था छ । किनभने दुईटा दल मध्ये एउटा दलको संरक्षकज्युलाईनै त्यसरी कुनै जानकारी बिदा कार्यक्रमस्थलबाट लिएर गएको अवस्था छ, तत्कालिन अवस्थामा हामीले एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भनेर बुझेका छौँ । र यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठूलो शक्ति गएको छ । हामीले यसको भत्र्सना पनि गछौँ । अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल हामी बढाउँछौँ र अहिले हामी बुझ्ने क्रममा छौँ विस्तृत रुपमा नबुझिसकेको अवस्था छ । अब अगाडि के हुन्छ भन्ने कुरा पछि मात्रै राख्नेछौँ । अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नु पर्ने अवस्था आयो । किनभने एउटा पार्टीको संरक्षकज्यूनै पक्राउ परेपछि यो प्रक्रियालाई अगाडि बढाउन उपयुक्त देखिएन । एकता प्रक्रिया रोकिँदैन, तत्कालका लागि स्थगन भएको हो । त्यो पनि एउटा विशेष परिस्थिति जुन हामीले आँकलन गरेका थिएनौँ । हाम्रो आँकलन भन्दा बाहिरको कुरा भएको हुनाले तत्कालका लागि हाम्रा सबै नेता कार्यकर्ता काठमाडौंमै हुनुहुन्छ, हामीले सबै बुझिसकेपछि समस्या कहाँ रहेछ भन्ने बुझेपछि बल्ल हामीले यसलाई कसरी अगाडि लाने तर एकता प्रक्रिया चाहिँ रोकिँदैन । आज होस् कि भोलि यो एकता चाहिँ गरेरै छोड्छौँ ।’


जनमत पार्टीका उपाध्यक्ष खब्दुल खानले केही दिनभित्र पुनः पार्टी एकता हुने बताउनु भयो । उहाँले मधेशी, थारु तथा मुश्लिम समुदायबीच एकता हुन लाग्दा सरकारले पार्टीको संरक्षकलाई पक्राउ गर्नु राजनीतिक दुर्घटना भएको बताउनु भयो । उहाँले सरकारले मधेसी समुदायमाथि कुठाराघात गरेको आरोप लगाउनु भयो । पार्टी एकताबारे केही दिनमै अन्तिम टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कुनैपनि प्रक्रिया पूरा नगरेर एउटा संरक्षकलाई एउटा पार्टीको नेतालाई त्यो पनि दुईटा पार्टीको पूर्व र पश्चिमबाट उदाएका दुई वटा शक्तिहरुलाई एकजुट हुँदाखेरि यसरी समातिनु वास्तवमा दुर्घटनामुलक कुरा हो । सरकारको यो कदमको म निन्दा र घोर भत्र्सना गर्छु । यस्तो कार्य सरकारले कहीँ कतैबाट सरकारले गर्नु पर्दैन थियो । तथापी यो गरिएको छ वास्तवमा यो मधेशी थारु समुदायको निम्ति कुठाराघात गरिएको वास्तवमा यो मधेशी थारुहरु मुश्लिमहरु पिछडा वर्गहरु एक ठाउँमा आउनु हुँदैन भनेर यो हर्कत गरिएको छ म नागरिक जनमत पार्टीको तर्फबाट निन्दा व्यक्त गर्न चाहन्छु । यो कसले गरेको हो फाइनल भएको छैन तर सरकारले नै गरेको जस्तो आभास भएको छ । डिल्ली बजार कारागारमा लगिएको छ । आजको एकता प्रक्रिया स्थगित हुन्छ । अब के कस्तो रहेछ बुझेर एकता प्रक्रिया जारी रहन्छ । केही दिनपछि पुनः एकता प्रक्रिया अन्तिम टुङ्गो हुन्छ ।’


खानले फुटको राजनीति गरेर शासन सत्ता सञ्चालन गरिरहेका नेताहरुले एकता नहोस् भनेर गरेको षड्यन्त्र भएको आराप लगाउनु भयो ।

Previous Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी आ.व.मा सवारी साधन करको अनुमानित सीमा पठाउने

Next Post

‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

Next Post

‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन