• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

श्रीबिष्णुकाे प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in धर्म/संस्कृति, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख १८ गते बिहीबार, इस्वीसंवत मे १ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको चतुर्थी तिथि दिनमा ४ः३१ बजेसम्म त्यसपश्चात् पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा साँझमा ७ः२४ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा अतिगण्ड १९ घटि ४५ पलासम्म त्यसपछि सुकर्म लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा वृष राशिमा बिहानमा ७ः५८ बजेसम्म त्यसपछि मिथुन राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३२ घटि ५५ पला अर्थात १३ घण्टा १३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२७ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ७ः४५ बजे र अस्ताउने समय रातिमा १०ः२० बजे रहेको छ । आज श्रमिक दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज समय मध्यम खालको छ । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक सङ्घ/संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकार एवं होटल व्यवसाय लगायतमा सङ्लग्न हुनुहुन्छ अथवा तपाइँ गाडी चालक हो भने निश्चित रूपमा आज फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

वृषः आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ ।

मिथुनः आज सरकारी कर्मचारीबाट घुस मागिने सम्भावना बलियो छ । इष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा कुनै प्रकारको गडबढी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला ।

कर्कटः आज स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्‍याउनुहोला ।

सिंहः आज आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्‍याउनुहोला । चिसो, शूल-वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्याः आज टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको विचार विमर्श, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

तुलाः आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

वृश्चिकः आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।

धनुः आज पेटको खराबी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता, लेनदेन जग्गा जमीनसम्बन्धी कार्यमा विवाद, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुनेछ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ ।

कुम्भः आज दैनिक कार्यबाट बञ्चित हुनुपर्ने छ । लोकापवाद, विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला ।

मीनः आज धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२९ बजेदेखि ७ः०७ बजेसम्म शुभ बेला
बिहान ७ः०७ बजेदेखि ८ः४५ बजेसम्म रोग बेला
बिहान ८४५ बजेदेखि १०ः२३ बजेसम्म उद्धेग बेला
बिहान १०ः२३ बजेदेखि १२ः०१ बजेसम्म चर बेला
दिनमा १२ः०१ बजेदेखि १ः३९ बजेसम्म लाभ बेला
दिनमा १ः३९ बजेदेखि ३ः१७ बजेसम्म अमृत बेला
दिनमा ३ः१७ बजेदेखि ४ः५६ बजेसम्म काल बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३४ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३४ बजेदेखि ७ः५५ बजेसम्म रोग बेला
साँझ ७ः५५ बजेदेखि ९ः१७ बजेसम्म उद्धेग बेला
राति ९ः१७ बजेदेखि १०ः३९ बजेसम्म चर बेला
राति १०ः३९ बजेदेखि १२ः०१ बजेसम्म लाभ बेला
राति १२ः०१ बजेदेखि १ः२७ बजेसम्म अमृत बेला
राति १ः२७ बजेदेखि २ः४५ बजेसम्म काल बेला
रातिमा २ः४५ बजेदेखि ४ः०७ बजेसम्म शुभ बेला
रातिमा ४ः०७ बजेदेखि ०५ः२८ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

घट्यो पेट्रोलियम पदार्थको भाउ, पोखरामा कति पर्छ ?

Next Post

पोखरासहित देशभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Next Post
फाइल तस्बिर

पोखरासहित देशभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन