• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

श्रम संसार पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थिति अन्त्य हुन्छः श्रममन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम संसार पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभएको छ ।


अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उहाँको भनाइ छ । उहाँले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढीरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारहमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरु आएर नेपालको माग धानिरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताउनु भयो । उहाँले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति छ । अहिले कँही पनि मान्छे चाहियो भने मलाई यति मान्छे चाहिएको छ पठाइदिनु भनेर भनसुन हुने गरेको छ । त्यसले गर्दाखेरी युवाहरुमा जसको मान्छे र भनसुन छैन उसले केही पाउदैन भन्ने नैराश्यता भयो । अब त्यसको अन्त्य हुने भयो । अब जोसँग क्षमता र योग्यता छ उसले रोजगारी पाउने स्थिति सिर्जना भयो । अहिले रोजगारदाताहरुलाई चाहिने दक्ष जनशक्ति छैन । भएका दक्षजनशक्तिलाई समेत रोजगारदाता कहाँ छन् भन्ने थाहा छैन । अहिले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । तर सीपयुक्त नभएकै कारण उनीहरुले रोजगारी पाइरहेका छैनन् । हामी सिपयुक्त नभएकै कारण बाहिर अर्काको देशमा गएर काम गरिरहेका छौं । हामीसँग भएको सीपयुक्त काम चाहीँ बाहिरको मान्छे आएर गरिरहेका छन् । अबको दशकमा हामीले नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाउँदै बाहिरका मानिसहरुलाई विस्थापित गर्दै जाने हो ।


उहाँले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरु

Next Post

संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन्ः माधव नेपाल

Next Post

संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन्ः माधव नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन