• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्छौंः सञ्चारमन्त्री

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।


राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताउनु भयो ।

उहाँले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजश्व उठ्ने गरेको बताउनु भयो । उहाँले राजश्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने बताउनु भयो ।

संघ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजश्व उठाउन सकिने उहाँको भनाइ छ । उहाँले हुलाक सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताउनु भयो ।

डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उहाँको भनाइ छ ।


उहाँले भन्नुभयो, ‘विज्ञापनको बजार अहिले ३० अर्बभन्दा बढीको छ । विज्ञापन बोर्ड बनाएपछि बल्ला दुई तीन अर्ब राजश्व उठेको छ । हामीले राम्रोसँग काम गर्ने हो भने पोलिसी राम्रो बनाउनु पर्नेछ । ऐन सुधार गर्नुपर्ने छ । त्यसो गरियो भने र संघ प्रदेश र स्थानीय तहका राम्रोसँग समन्वय गरेर काम ग¥यो भने केही वर्षभित्र २५ देखि ३० अर्ब विज्ञापन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ । हुलाक सेवाको त्यो अविगत छ, हुलाक सेवालाई डिजिटल गर्ने र त्यसलाई इकमर्समा लैजाने हो भने सबैभन्दा धेरै विश्वासिलो संस्थाको रुपमा कुरियर सर्भिस हुलाक सेवालाई स्थापना गर्न सकिन्छ ।  त्यहाँबाट कमाउने सकिने स्थिति छदैछ । यसलाई पनि हामी त्यस अनुरुप लैजाँदैछौँ ।  हाम्रो आम्दानीको सेक्टर यति धेरै छ कि हामीले काम गर्न सकिरहेका छैनौँ ।


मन्त्री गुरुङले ंफाइभजी सेवालाई आगामी आर्थिक वर्षदेखि बिस्तारको सुरुवात गर्ने बताउनु भयो ।

उहाँले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा शुरु गर्ने बताउनु भयो ।

हालको नीतिले सूचना प्रविधिको क्षेत्र बिस्तारका लागि समस्या देखिएको बताउनु भयो ।

उहाँले एक वर्षभित्र सूचना प्रविधिको क्षेत्रमा आवश्यक सबैप्रकारका ऐन तथा नीतिहरु परिवर्तन गरी नयाँ बनाइने बताउनु भयो । अहिले फाइभ जी र एआई सबैको प्राथकिताको क्षेत्र बनेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।


उहाँले भन्नुभयो, ‘कम्युटरको सेक्टरमा जाने हो भने अबको युग पाइभ जीको युग हो भने आइटीको क्षत्रमा एआइको युग भन्छौँ ।  फाइभजी र एआईको अहिले सबैको प्राथमिकताको विषय छ ।  यसको प्रभावकारी कार्यान्वयन कसरी गर्ने भन्नेकुरा छ, नेपाल सरकारको तर्फबाट काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो वर्षभित्र हामी  फाइभ जी नेटवर्कको प्रारम्भ कहाँबाट गर्छौं भने दुई वटा महानगरपालिका र नगरपालिकाबाट । काठमाडौं उपत्यकाबाट र केही महानगर सम्भावना धेरै भएको पोखरा त्यसपटि नगरपालिका हुँदै यसको कार्यान्यनको तहमा पुग्छौँ । त्यो सेक्टरलाई व्यवस्थित गर्न कामको क्वालिटी छिटोछरितोपनिसहित यो वर्ष अगाडि बढ्छ । अहिलेसम्मको पोलिसी हेर्दा यो सेक्टरका लागि पोलिसी नै ठिक छैन । पञ्चायतकालीन नीतिहरु रिप्लेस गर्ने यो वर्षभित्र सबै नीतिहरु नयाँ बनाइसक्ने ।’


मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्ने गरी सरकारको कार्ययोजना रहेको बताउनु भयो । सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति नियम बलियो बनाएर देश र जनताको हितमा संस्थागत प्रयोग गर्ने उहाँको भनाइ छ ।

Previous Post

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः मल्ल

Next Post

सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्नेमा जोड

Next Post

सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन