• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा-९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ ।

१५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन् । उनीहरुलाई नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायतले तालिम प्रदान गर्नेछन् ।

एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले वर्तमान समयलाई ध्यानमा राखेर आयोजित तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले वेव डिजाइन तालिमले युवालाई आत्मनिर्भर बनाउने र रोजगारीको नयाँ ढोका खोल्ने, व्यवसायीलाई आफ्नो व्यापार प्रवर्द्धन गर्न सघाउने विश्वास व्यक्त गरे ।

उनले आफैलाई उदाहरण दिँदै भने, ‘मसँग आइफोन छ तर सामान्य कामबाहेक मैले अरु चलाउनै जानेको छैन, अब यससम्बन्धमा हामी जानकार हुन आवश्यक छ ।’

कार्यक्रमका अध्यक्षसमेत रहेका पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए ।

उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।”

डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।

नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले वर्तमान समयमा वेव डिजमाइन तालिम जो कसैलाई आवश्यक पर्ने भएकाले आफूहरुले वडासँग मिलेर तालिम आयोजना गरेको बताए ।

तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-८ का वडासदस्य गोविन्द बराल, वडासचिव झंकनाथ पौडेल, नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायत, पत्रकार हरि पन्तलगायतले बोलेका थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।

हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

Previous Post

कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती गर्नुपर्नेमा सांसदहरुको जोड

Next Post

आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

Next Post

आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन