• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पत्रकार विजय नेपाललाई ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार विजय नेपाललाई ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकार नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मानपत्र छ ।

प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्वअध्यक्ष केशव पाठक, सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं प्रदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए ।

मञ्चले यही वैशाख २६ गते आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा नेपाललाई पुरस्कार प्रदान गर्नेछ । सो अवसरमा वर्ष खेलाडीसहित विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव शर्माले जानकारी दिए ।

मञ्चकै पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमाल प्रेसमा कार्यरत छन् ।

पाल्पाको रिब्दीकोट-७ मैनादीमा जन्मिएका उनी बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालका दुई छोरामा जेठा हुन् । उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् ।

उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार-२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता-२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।

२०६२ सालतिर सञ्चार दर्पण साप्ताहिकबाट नियमित लेख्न थालेका उनले यस अवधिमा धेरै मिडियामा काम गरे ।

माइक्रोन्यूजमा विद्यार्थी पत्रकार हुँदै मिडियामा प्रवेश गरेका उनले यसअघि पोखरा हटलाइन, रेडियो वाराही, गोर्खा एफएम, स्टार एफएम, नमस्ते एफएम, पश्चिमाञ्चल एफएम, राइजिङ पोखरा, लुम्बिनी दैनिक, यो साता साप्ताहिक, प्राप्ति पत्रिका, रासस, समाधान दैनिक, लोकान्तर, सफलआवाजमा कार्यरत रहेको अनुभव छ ।

उत्कृट खेल पत्रकारिता अवार्ड यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीलाई दिइएको थियो ।

Previous Post

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छः पूर्वअर्थमन्त्री कार्की

Next Post

पोखरा विमानस्थलमा अनियमितता प्रकरणः लेखा समितिमा हलचल

Next Post

पोखरा विमानस्थलमा अनियमितता प्रकरणः लेखा समितिमा हलचल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन