• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज शिवजीको प्रिय दिनमा दुई पटक अमृत बेला, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 5, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख २२ गते सोमबार, इस्वीसंवत मे ५ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको अष्टमी तिथि दिनमा १२ः२७ बजेसम्म त्यसपश्चात् नवमी तिथि लाग्नेछ । नक्षत्रमा अश्लेषा साँझमा ६ः२७ बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा गण्ड ५७ घटि २५ पलासम्म त्यसपछि ध्रुव लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३३ घटि ९ पला अर्थात १३ घण्टा १८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १२ः२० बजे र अस्ताउने समय रातिमा १ः१५ बजे रहेको छ । आज गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः आजको दिन साँझ पखसम्मलाई अनुकूल छ । व्यवसायिक एवं कार्यक्षेत्रमा प्रगति र केही खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता-कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ । जागिर आदि क्षेत्रमा पनि ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । अल्लि विचार पुर्‍याएर काम गर्नु बुद्धिमानी हुनेछ । अपराह्नपछि भने बोलीवचनको भूमिकामा ख्याल पुर्‍याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । आज यहाँको लागि दुई क्रमसंख्या, सेतो रंग उपयुक्त रहने छ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

बृषः आजको दिन प्रतिकूलता तथा संघर्षको महसूस हुनसक्ने गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । बरु नसोँचिएको काम बनेर राहत मिल्नेछ । अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्षको बाबजुत योजनाभन्दा बाहिरबाट आयआर्जन तथा उपलब्धि हुनसक्ने छ । देश-विदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र माँ इन्द्रायणीको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

मिथुनः मिथुन राशिका लागि आजको दिन साँझसम्म अनुकूल मान्न सकिए पनि तदुपरान्त खर्च बढ्ने, कार्यमा अवरोध आइपर्ने, अपयशादि प्रतिकूलता बढ्नसक्ने ग्रहगोचरको अवस्था देखिएको छ । बिहानी समयमै महत्त्वपूर्ण कार्य गरिसक्नु बुद्धिमानी हुनेछ । साथी संगतिभित्र तथा कार्यक्षेत्रमा पनि असामञ्जस्यता बढ्ने ग्रह संकेत भइरेकाे छ, सजग रहनु उचित हुनेछ । लगनशीलापूर्वक आफ्नो कर्ममा निष्ठ रहनेलाई प्रतिकूल ग्रहको दुष्प्रभाव न्यून भइ शुभफल मिल्न सक्ने छ । महत्त्वपूर्ण कामकार्य तथा विषयको लागि विशेष विचार पुर्याउन जरुरी देखिन्छ । आज यहाँले तीन अंक, पहेंलो रङ्गको प्रयोगको साथमा माँ भुवनेश्वरीको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।

कर्कटः आजको दिन ईज्जत प्रतिष्ठा एवं प्रख्याति बढ्नुपर्ने देखिन्छ तर, मुख्य काममा अल्झन आउन सक्ने देखिएको छ । रपनि पेशा एवं व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ । सन्तानको पक्षबाट चित्त बुझाउन सकिने स्थिति आउनेछ । अधुरा रहेका कामलाई अघि सकिने छ । प्रेम वा विवाह प्रस्ताव आउन सक्ने छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भैरवदेवको उपाशना गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई दुई अंक, सेतो तथा रातो रङ्ग शुभ रहनेछ ।

सिंहः आजको दिन केही हद्सम्म धर्म-अध्यात्मको सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नसक्ने छ । अपयशको बाबजुत पनि वैयक्तिक विकास हुने र समसामयिक दिनचर्याका समस्या सुल्झिदै जाने देखिन्छ । दिनको उत्तरार्धबाट क्रमशः सफलता बढ्नेछ । तथापि मान्यजन कष्ट आदिको सम्भावनालाई गोचरले नकार्न सकेको छैन । राजनीति, समाजसेवा तथा जागिर आदि राज्य एवं समाजसँग सम्बन्धित कार्यमा प्रतिष्ठा तथा जिम्मेवारी बढ्न सक्ने छ । केही सन्देहको बाबजुतपनि मूल्याङ्कनमा अग्रता मिल्नेछ । कृति एवं यश बृद्धि गर्न सकिने छ ।

कन्याः आजका दिन साँझसम्म अपजस तथा दुःख कष्ट झेल्नपरे पनि उपरान्त स्वास्थ्यमा सुधार आउने र रोकिएका कार्य अघि बढ्नसक्ने छन् । प्रतिष्ठामा आएको आँच पूरा गर्न सकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ भनेसामान्यताय जनव्यवहारमा पनि परोपकार, सहमतिको चेष्टा, आस्तिक विचार र आँट साहस बढ्ने छ । व्यवसायिक उन्नति, सात्त्विक चिन्तनको साथमा भावुकताले प्रसय पाउनेछ । रोकिएका कार्य अघि बढ्नसक्ने छन् भने अपजश दिने र कमजोरी खोज्नेहरु भने सक्रिय भएपनि अन्तमा यहाँकै वचस्व स्थापित हुनेछ ।

तुलाः आजको दिन साँझसम्म ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउन सक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । आज यहाँले फजुलको हतार नगरेकै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने हनुमानदेवको श्रद्धाभक्ति उपयुक्त रहनेछ ।

वृश्चिकः आजको दिन उमङ्गिलो दिन रहनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । साँझबाट प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेम सम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ ।

धनुः आजको दिन साँझसम्म सामान्य देखिन्छ । केही कामकार्य बन्ने र विद्या बुद्धिको विकास हुनेछ । इष्टमित्र एवं आफन्तजनको आगमन हुने भौतिक कर्मभन्दा बढी वैचारिक कार्यले समय लिने सम्भावना छ । नीति एवं सैद्धान्तिक वहसको स्थिति बन्नसक्ने छ । कसै-कसैलाई बढी विद्वतता देखाउनपर्ने मानसिकताले अन्तिममा पछुतो दिन सक्नेछ । अपराह्नबाट भने आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, विपक्षीलाई सम्झौतामा ल्याउन सकिने छ । खेलकुद आदिमा विजयी भइनेछ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने माँ सन्तोषीको साथमा भैरवदेवको स्तुति शुभकर हुनेछ ।

मकरः आजको दिन साँझसम्म केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा केही सुधार आउने छ तथापि विशेष कार्यमा भने अझै पनि बाधा ब्याबधान आनउ सक्ने देखिएको छ । रपनि अध्ययन अध्यापन एवं विद्यार्जनमा प्रगति हुनेछ । संवाद तथा वहस वा अन्तरक्रिया आदिबाट निस्कर्ष उपयुक्त निकाल्न जोड हुनसक्ने छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । व्यापार जन्य व्यवसायीका लागि पनि दिन राहतपूर्ण नै रहेनेछ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने ग्रहको बाधाब्याबधान न्यूनीकरणको लागि माँ इन्द्रायणीको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

कुम्भः आजको दिन सामान्यतया ग्रहको अवस्था सकारात्मक नै छ । राम्रै लौकिक पुरुषार्थ गर्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धा जन्य क्षेत्रमा विजयी भइनेछ । व्यापार व्यवसायमा पनि राम्रो लाभ हात लाग्नेछ । साँझपखबाट भने गोचरग्रह केही प्रतिकूल बन्ने देखिएको छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुनु उपयुक्त हुनेछ । हतारभन्दा धैर्य गर्नु बुद्धिमानी हुनेछ । नसोँचिएको तिरबाट आकस्मिक उपलब्धि प्राप्त हुनेछ । आज देवीको दर्शन गर्नु उपयुक्त हुनेछ ।

मीनः आजको दिन बोलीवचन र विशेष गरी नाता कुटुम्बधसँगको व्यवहारमा ख्याल पुर्‍याउनु पर्नेछ । सामान्यतया प्रतिकूलताको आभाष दिने गोचरग्रहको योग भएकोले आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । सामान्य कामकार्य सम्पादन गर्न भने सकिने छ । सञ्चित सम्पतिको अपव्यय हुने भय देखिएको कुरालाई भने नकार्न सकिन्न । तपाईको बोलीले कसैको मन दुखाउन पनि सक्ने सम्भावना छ । काम कार्यमा पनि अल्लि मेहनत बढाउनु नै पर्ला । साँझ पखबाट क्रमशः समय बलियो भएर जाने देखिएको छ । पराक्रम बढ्दै जाने र रोकिएर रहेका कार्य पूरा हुन सक्ने तथा अघि बढ्ने छन् । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ ।

साइतः सूर्य वृश्चिक चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२३ बजेदेखि ७ः०२ बजेसम्म अमृत बेला
बिहान ७ः०२ बजेदेखि ८ः४१ बजेसम्म काल बेला
बिहान ८ः४१ बजेदेखि १०ः२१ बजेसम्म शुभ बेला
बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
दिनमा १२ः०० बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१९ बजेसम्म चर बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म लाभ बेला
दिनमा ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३८ बजेदेखि ७ः५९ बजेसम्म काल बेला
साँझ ७ः५९ बजेदेखि ९ः१९ बजेसम्म शुभ बेला
राति ९ः१९ बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः२० बजेसम्म चर बेला
राति १ः२० बजेदेखि २ः४१ बजेसम्म लाभ बेला
रातिमा २ः४१ बजेदेखि ४ः०१ बजेसम्म अमृत बेला
रातिमा ४ः०१ बजेदेखि ०५ः२२ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

कोटीहोममा धर्मगुरु र भक्तजनको आकर्षण

Next Post

कस्ले जित्ला प्रथम लायन्स कप ?

Next Post

कस्ले जित्ला प्रथम लायन्स कप ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन