पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन गरिएको छ ।
निर्वाचन प्रक्रियामार्फत सर्कलको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचनबाट विश्वास रानाको प्यानलनै विजयी भएको छ ।
रानाले दुई सय १५ मत पाउँदा उनका प्रतिद्वन्द्वी पेम्सु थापाले एक सय १८ मत पाइन् । उपसभापतिमा स्वीकृति भण्डारी दुई सय ४० मत पाएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी सचिम गुरुङले ७७ मत पाए भने सचिवमा राहुल गुरुङ दुई सय २४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी आभास पुरीले ७८ मत प्राप्त गरे ।
यसैगरी कोषाध्यक्ष युनिषा परियारले दुई सय २२ मत पाउँदा मोनिका यादवले ८१ मत मात्र प्राप्त गरिन् । सहसचिवमा प्रकृति छन्त्याल दुई सय १३ मत पाएर चुनिँदा सोमन पौडेलले ८० मत पाए ।
कार्यसमिति सदस्यमा सार्थक कँडेल एक सय ७४, आयुष विक एक सय ६२, सुजिल पौडेल एक सय ६५, अदीति भण्डारी एक सय ५९, प्रज्वल पौडेल एक सय ५७, सौगात आले एक सय ४९ मत प्राप्त गरी विजयी भए ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीमात्रै सहभागी निर्वाचनमा पाँच सय ४० मतदाता थिए । जसमा पाँच सय २५ मत खसेको थियो । निर्वाचनमा छ प्यानल र नौ स्वतन्त्र उम्मेद्वारसहित ७५ विद्यार्थी चुनावी मैदानमा थिए ।
विद्यालयमा २०५६ देखि निरन्तर रुपमा रेडक्रस सर्कल क्रियाशील रहेको प्राचार्य बाबुराम बरालले जानकारी दिए ।
शैक्षिक गतिविधिसँगै रेडक्रस जस्तो सामाजिक संस्थामा विद्यार्थीलाई आवद्ध गराएर विद्यार्थीलाई समाजमा घुलमिल गराउने उद्देश्यले विद्यालयमा सर्कल स्थापना गरिएको उनको भनाइ छ ।
विद्यार्थीलाई विद्यालय तहबाट नै निर्वाचन र यसका गतिविधिमा अभ्यस्त गराउनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृतसमेत रहेका विद्यालयका संस्थापक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
सोमबारै कार्यक्रम गरी रेडक्रस सोसाइटी कास्कीका पदाधिकारीको उपस्थितिमा नवनिर्वाचित सर्कलको समितिलाई निर्वाचन अधिकृत ढकालद्वारा पद तथा गोपनीयताको सपथ गराए । शिक्षक नायकको जिम्मेवारी शिक्षक अनिषा बराललाई दिइएको छ ।
सोमबारै निर्वाचित प्रक्रियाबाट विद्यालय प्रमुखमा स्वीकृति भण्डारी र उपप्रमुखमा प्रज्वल पौडेल निर्वाचित भए । प्रमुख र उपप्रमुखमा छ विद्यार्थीको उम्मेद्वारी परेको थियो ।
विद्यार्थीलाई चार सदनमा विभाजन
पढाइसँगै अतिरिक्त क्रियाकलापमा समावेश गर्ने उद्देश्यले विद्यार्थीलाई चार सदनमा विभाजन गरियो । पहेँलो सदन सिनियरतर्फ प्रमुखमा कुसुम गुरुङ र उपप्रमुखमा पुष्कर गुरुङ बन्दा जुनियरतर्फ आरूषी गुरुङ र सबिन गुरुङ क्रमशः प्रमुख र उपप्रमुख चुनिए ।
यो सदनमा शिक्षकतर्फ नवीन पौडेल, सुदीप राई र सन्तोषी गुरुङ छन् । हरियो सदनमा सिनियरतर्फ भूमिका आले र आरुष चापागाईं र जुनियरतर्फ प्रमिसा सोती, मिसन थापा छन् भने शिक्षक प्रतिनिधिमा धीरज थपलिया, सुदीप तिवारी र माया सिन्जाली छानिए ।
नीलो सदनमा सिनियरतर्फ मन्जील राना र कोकिला पुन छन् भने जुनियरतर्फ सुयोग कँडेल र जोन गुरुङ तथा शिक्षक प्रतिनिधिमा सरोज खड्का, रोशन बाँनिया, करिष्मा गुरुङले जिम्मेवारी पाएका छन् ।
रातो सदन सिनियरतर्फ प्रमुख विश्वास राना र उपप्रमुख प्रेणा पुन बन्दा जुनियरतर्फ माइलिन थापा र दिप्सन गौतम छन् । यसको शिक्षक प्रतिनिधिमा राजेश अग्रवाल, किरण थापा र लक्ष्मी सुनार छन् ।
सो अवसरमा विभिन्न कक्षाका प्रमुख र उपप्रमुख छानिुनका साथै निर्वाचित समिति, विद्यार्थी प्रमुख, उपप्रमुख, सदन प्रमुख र उपप्रमुखलाई ब्याचसमेत वितरण गरिएको अतिरिक्त क्रियाकलाप संयोजक सञ्जीव कुँवरले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्माले विद्यार्थीलाई विद्यालय तहबाट नै सामाजिक संस्थामा आवद्ध गराई सामाजिक काममा लगाएकोमा विद्यालयको प्रशंसा गरे ।
युवा रेडक्रस सर्कल कास्की सभापति डिल्लीराम बरालले सहकार्य गर्दै अगाडि बढ्ने र रेडक्रसका गतिविधिमा विद्यार्थीलाई समावेश गरिने बताए । विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र सर्वाङ्गीण पक्षको विकासका लागि यस्ता गतिविधि सहायक हुने जनाए ।
कार्यक्रममा विद्यालयका संस्थापक खेमराज ढकाल, आयुषा गुरुङ, सदीक्षा खड्का, लक्ष्मी सुनार, गीतालक्ष्मी शर्मा, चापागाई, टेकबहादुर गुरुङ, सञ्जीव कुँवर, भूमिका आले, आयुष कुँवर लगायतले बोलेका थिए । सोही समारोहमा कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत पनि गरिएको थियो ।
कार्यक्रममा इशा गुरुङ र युनिषा परियारले कविताद्वारा स्वागत गरेका थिए भने कक्षा ४, ५ र ६ का विद्यार्थीले नृत्य प्रस्तुत गरे । कार्यक्रममा मिस पोखरा २०२५ मा उपविजेता हुने विद्यार्थी फिओना गुरुङलाई सम्मान गरिएको छ ।






