• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आत्महत्याको कारण गण्डकीमा छ सय ५७ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
May 9, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा सात हजार दुई सय २३ जनाको आत्महत्याको कारण ज्यान गएको पाइएको छ । जसमा गण्डकी प्रदेशमा मात्रै छ सय ५७ जनाको ज्यान गएको छ ।

वर्डलिंक कम्युनिकेसन लिमिटेड र साइकटेस्क फाउण्डेसनद्वारा आयोजित आत्महत्या रोकथाम सहजीकरणसम्बन्धी तालिममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

पोखरा महानगरपालिकाको संयोजनमा भएको तालिममा स्वास्थ्य, शिक्षा क्षेत्रका कर्मचारी, शिक्षक प्राध्यापक विद्यार्थी गरी ३० जना सहभागी थिए ।
तालिममा साइक डेस्क फाउन्डेसनका संस्थापक डा नरेन्द्रसिंह ठगुन्ना र मनोविद ज्योत्सना डांगीले सहजीकरण गरेका छन् ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन राजेश कुमार ठगुराठीले तालिमलाई व्यवहारमा उतार्न सके आत्महत्या रोकथाम तथा न्यूनीकरणलाई सहयोग पुग्ने बताए । 

उनले विद्यालय तथा क्याम्पससम्म तालिम प्रशिक्षण गर्न सके समुदायसम्म आत्महत्या रोकथामका लागि सहयोग पुग्ने उल्लेख गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले आत्महत्या रोकथामको विषयलाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । 

महानगरको नीति तथा कार्यक्रममा राखेर आत्महत्या रोकथामको क्षेत्रमा काम भएको उल्लेख गर्दै उनले वडा तहमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि समिति गठन गरेर काम भएको बताए ।

वल्र्डलिंकका सेयर सदस्य तथा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) प्रमुख अनुपा भण्डारी जलानले संस्थाले समाजप्रतिको उत्तरदायित्व, समाज विकास र उत्थानका लागि कार्यक्रम गरेको जानकारी दिइन् । 

वल्र्डलिंकले महिलाको सशक्तीकरण, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेको जानकारी दिदै उनले १० हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेटको सुरक्षित प्रयोगबारे तालिम दिएको बताइन् ।

साइकडेस्क फाउन्डेसनका संस्थापक ठगुन्नाले आत्महत्या सामुदायिक स्वास्थ्यको विषय भएको बताए । 

‘सरोकारवाला निकायको समन्वय र प्रभावकारी कार्यक्रम गरेको खण्डमा आत्महत्यालाई शत प्रतिशत रोकथाम गर्न सकिन्छ,’ उनले भने, ‘तर नेपालको सन्दर्भमा आत्महत्यालाई शून्यमा झार्न कठिनाई छ ।’

उनले दिगो विकास लक्ष्य अनुसार प्रति एक लाखबाट ४ दशमलव ७६ झार्न सम्भव नभएको बताए । 

उनले सञ्चारमाध्यममा आत्महत्याको घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेको व्यक्तिको ज्यान जोगाउन सहयोग पुग्ने दाबी गरे । 

उनले आत्महत्याका सम्भावित साधन तथा माध्यममा पहुँच सीमित गर्न संवेदनशील मिडिया रिर्पोटिङ गर्नुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सरला ढकाल, प्रशिक्षक ज्योत्सना डांगी, सहभागी जीवा शर्मालगायतले तालिमको महत्वबारे बोलेका थिए ।

डा ठगुन्नाका अनुसार आत्महत्या रोकथामका लागि साइडवाकटक कम्युनिटी लिसनिङ परियोजना पोखरामा सुरुवात गरिने भएको छ । 

पहिलो चरणमा दुई दिन महानगरका विभिन्न सार्वजनिक स्थलमा गर्ने कामर्यक्रममा लेकसिटी कलेजका सामाजिक अध्ययन विषयका १० विद्यार्थी स्वयंसेवकका रुपमा खटिने छन् ।

Previous Post

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

Next Post

पोखरा-४ मा दुई सय ३० जनाको आँखा परीक्षण

Next Post

पोखरा-४ मा दुई सय ३० जनाको आँखा परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन