• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकताः मन्त्री गुरुङ

नीतिप्रेस by नीतिप्रेस
May 10, 2025
in Uncategorized, कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, बागमती प्रदेश, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताउनुभएको छ । 


नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताउनु भयो । यसले प्रेसलाई बद्नाम गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने बताउनु भयो । मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूुचति गर्नुपर्ने बताउनु भयो । उहाँले आजको दुनियाँमा खाली विकासमात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पार्नुभयो । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबको दश वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको मन्त्री सुब्बाको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्र पो राम्रो हो कि भन्ने मानेमा युवाहरु भड्किरहेका छन् । राजतन्त्रभन्दा गणतन्त्र नै ठीक हो भनेर यसलाई संस्थागत गर्न प्रेस जगतको महत्वपूर्ण भुमिका छ । जहाँ गणतन्त्र बलियो हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता बलियो हुन्छ । प्रेस स्वतन्त्रताले जनतालाई के दियो र व्यवस्थालाई के दियो ? तर आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ । तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बद्नाम गर्ने काम भइरहेको छ । त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ । अर्को कुरा जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषणमात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकासमात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो । जहाँ विकास निर्माणका काम हुन्छन् त्यहाँ वातावरण प्रदुषणलाई पनि ध्यान दिनुपर्ने आजको आवश्यकता हो । जलवायु परिवर्तनले अबको १० वर्षपछि उत्पन्न हुने समस्या समाधानमा जोड दिनुपर्ने बेला आएको छ ।’


मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावहरुले आपूmहरुलाई यसबारेमा सोच्न दबाब पार्ने बताउनु भयो । 

Previous Post

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

Next Post

जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

Next Post

जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन