पोखरा, २७ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् ।
ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सहभागी हुन समस्त भक्तजनलाई आयोजकले आग्रह गरेको छ । नौ दिनको महायज्ञमा श्रीमद देवी भागवत कथा वाचन गर्ने राधिका दासीले बताइन । ‘पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम चलिरहेको छ ’ राधिका दासीले भनिन्, कोटिहोम सम्पन्न गर्न देशभरबाटै पाल्नु होला, यस्तो समय फेरी जीवनमा विरलै आउन सक्छ शतकुण्डीय गायत्री कोटिहोममा सबैलाई चल्लै निम्ता छ ।’
कोटिहोममा आज शनिवार बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा भइरहेको संयोजकले ढकालले जानकारी दिए ।त्यसै गरी कोटिहोममा देशभरबाट ७० वर्षभन्दा माथि उमेर पुगेका ज्येष्ठ नागरिकलाई बिहान १० बजेबाट सम्मान गरिएको छ । सम्मान कार्यक्रम दिनभर चल्नेछ ।
आजनै चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले कोटिहोममा भक्तजनको सहभागिताले आफ्नो सङ्कल्प पुरा भएको बताए ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।






