• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शिवजीको प्रिय तथा बुद्ध जयन्तीका दिनमा दुई पटक अमृत बेला, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 12, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख २९ गते सोमबार, इस्वीसंवत मे १२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको पूर्णिमा तिथि रातिमा ९ः२७ बजेसम्म त्यसपश्चात् प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा स्वाति अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा वरियान अहोरात्र रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३१ पला अर्थात १३ घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१९ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ५ः४१ बजे र अस्ताउने समय रातिमा ४ः०७ बजे रहेको छ । आज बुद्ध जयन्ती, उभौली पर्व, गोरखनाथ जयन्ती, पूर्णिमा व्रत, चण्डी पूर्णिमा, वैशाख स्नान समाप्ति, अन्तर्राष्ट्रिय नर्स दिवस र कर्म जयन्ती रहेको छ । 

आजको राशिफल

मेषः आज तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्ये लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । 

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । 

मिथुनः आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाको प्रभावले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । 

कर्कटः आज बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । 

सिंहः आज व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । 

कन्याः आज शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । 

तुलाः आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । 

वृश्चिकः आज जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । 

धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानीनोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । 

मकरः आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । 

कुम्भः आज स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । 

मीनः आज लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचे जस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । सामाजिक काममा रुचि बढ्नेछ । 

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२३ बजेदेखि ७ः०२ बजेसम्म अमृत बेला
बिहान ७ः०२ बजेदेखि ८ः४१ बजेसम्म काल बेला
बिहान ८ः४१ बजेदेखि १०ः२१ बजेसम्म शुभ बेला
बिहान १०ः२१ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
दिनमा १२ः०० बजेदेखि १ः२० बजेसम्म उद्धेग बेला
दिनमा १ः२० बजेदेखि ३ः१९ बजेसम्म चर बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५९ बजेसम्म लाभ बेला
दिनमा ४ः५९ बजेदेखि ६ः३८ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३८ बजेदेखि ७ः५९ बजेसम्म काल बेला
साँझ ७ः५९ बजेदेखि ९ः१९ बजेसम्म शुभ बेला
राति ९ः१९ बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः२० बजेसम्म चर बेला
राति १ः२० बजेदेखि २ः४१ बजेसम्म लाभ बेला
रातिमा २ः४१ बजेदेखि ४ः०१ बजेसम्म अमृत बेला
रातिमा ४ः०१ बजेदेखि ०५ः२२ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

Next Post

आज बुद्धको २५६९औँ जन्मजयन्ती मनाइँदै

Next Post

आज बुद्धको २५६९औँ जन्मजयन्ती मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन