• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, आज हास्य कलाकार मुन्द्रे आउँदै

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in गण्डकी प्रदेश, धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिवेला प्रवचनसँगै सङ्गीतमय वनेको छ । कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको आफ्नै झाँकी र सङ्गीत समूह सहितको प्रवचन तथा चर्चित राष्ट्रिय कलाकारको सुमधुर स्वरमा भएको भजन प्रस्तुतिले पनि कोटिहोम सङ्गीतमय बनेको छ ।

दैनिकरुपमा कोटिहोममा आउने कलाकारको प्रस्तुति र सङ्गीतमय भजनले कोटिहोममा सहभागी भक्तजनले आनन्द लिएका छन् । कोटिहोममा संघिय, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, राजनितिक दलका केन्द्रीय नेताहरू, स्थानीय जनप्रतिनिधि तथा चर्चित राष्ट्रिय हास्य तथा दोहोरी कलाकारहरूको सहभागिता बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा ३१ गते चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को सहभागिता रहने ढकालले जानकारी दिए । कोटिहोममा जेठ १ गते चर्चित गायिका एलिना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने उनले जानकारी दिए । कोटिहोममा श्री श्री श्री १००८ महामण्डलेश्वर ईश्वर चैतन्यकृण्ण स्वामी महाराजको उपस्थिति रहेको थियो ।

यसै गरी कोटिहोममा मङ्गलवार राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको भजन प्रस्तुतिमा भक्तजन छमछम नाचेका थिए । मङ्गलवार कोटिहोम दर्शन गर्नका लागि आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न कोटिहोमले सन्देश दिएको बताए ।

उनीसँगै कोटिहोममा सहभागी भएका गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेल, द्रोर्ण कुमार कुँवर, प्रकाश बराल जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख तथा जिभि फाउन्डेसनका संस्थापक डा.जगदीश वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठले पनि कोटिहोमको खुलेर प्रशंसा गर्दै यो ऐतिहासिक कोटिहोममा सहभागिता हुन सबैलाई आग्रह गरे ।

कोटिहोममा मङ्गलवार नै खडादेवि फ्रेम हाउस नयाँवानेश्वर काठमाण्डौं बाट १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको संयोजक ढकालले जानकारी दिए ।

Previous Post

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

Next Post

आज श्रीकृष्णको प्रिय दिन दुई पटक लाभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज श्रीकृष्णको प्रिय दिन दुई पटक लाभ बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन