• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

श्रीबिष्णुकाे प्रिय तथा जेठ महिनाको पहिलो दिनमा तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 15, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ १ गते बिहीबार, इस्वीसंवत मे १५ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको तृतीया तिथि रातिमा २ः०९ बजेसम्म त्यसपश्चात् चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा दिनमा १२ः५५ बजेसम्म त्यसपछि सिद्धि नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव २ घटि ३३ पलासम्म त्यसपछि सिद्धि योग रहनेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४० पला अर्थात १३ घण्टा ३० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१७ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः२६ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः४१ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज आठौं स्थानमा भ्रमण गरिरहेका चन्द्रमाको प्रचावले मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नका लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्न सकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । 

वृषः आज सातौं स्थानमा चन्द्रमा छन्, त्यसैले दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेम सम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देश विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्न सक्नुहुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवं मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । 

मिथुनः छैटौं स्थानको चन्द्रमाको प्रभावले अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नो पक्षमा सम्झौता गर्न सकिने छ । 

कर्कटः आज पाचौं स्थानमा चन्द्रमा डुल्डैछन् । त्यसैले सोंचविचार नपुर्‍याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धन खजानाको खर्च हुने, अस्वस्थता बढ्न सक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हात पर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ ।

सिंहः आज चौथो स्थानमा चन्द्रमा छन् । त्यसैले बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ । 

कन्याः तेस्रो स्थानमा दौडिरहेका चन्द्रमाका कारणले मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । सम्भावना हराइरहेका केही कामको सम्भावना पनि भेटिन सक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ । राज्यको क्षेत्रबाट पनि आज काम लिन सक्नुहुनेछ । आज तपाईले भगवान गुरु गणपतिको दर्शन भक्ति गर्नु शुभप्रद हुनेछ ।

तुलाः आज दोस्रो स्थानमा चन्द्रमा डौडिरहेकाले नकारात्मक प्रभाव पर्नेछ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

वृश्चिकः आज भाग्यस्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्न सकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धन लाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ । 

धनुः आज १२औं भावमा चन्द्रमा छन् । त्यसैले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ । आज सकेसम्म पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

मकरः आज ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । 

कुम्भः आज चन्द्रमा १०औं भावमा चन्द्रमा छन् । त्यसैले पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोश जाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवं भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

मीनः आज नवौं भावको चन्द्रमाका कारण स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन । 

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१६ बजेदेखि ६ः५७ बजेसम्म शुभ बेला
बिहान ६ः५७ बजेदेखि ८ः३८ बजेसम्म रोग बेला
बिहान ८ः३८ बजेदेखि १०ः१९ बजेसम्म उद्धेग बेला
बिहान १०ः१९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
दिनमा १२ः०० बजेदेखि १ः४१ बजेसम्म लाभ बेला
दिनमा १ः४१ बजेदेखि ३ः२२ बजेसम्म अमृत बेला
दिनमा ३ः२२ बजेदेखि ५ः०३ बजेसम्म काल बेला
दिनमा ५ः०३ बजेदेखि ६ः४४ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४४ बजेदेखि ८ः०३ बजेसम्म रोग बेला
साँझ ८ः०३ बजेदेखि ९ः२२ बजेसम्म उद्धेग बेला
राति ९ः२२ बजेदेखि १०ः४१ बजेसम्म चर बेला
राति १०ः४१ बजेदेखि ११ः५९ बजेसम्म लाभ बेला
राति ११ः५९ बजेदेखि १ः१८ बजेसम्म अमृत बेला
राति १ः१८ बजेदेखि २ः३७ बजेसम्म काल बेला
रातिमा २ः३७ बजेदेखि ३ः५६ बजेसम्म शुभ बेला
रातिमा ३ः५६ बजेदेखि ०५ः१५ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पोखरामा माइक्रो बस दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

Next Post

अमेरिकी उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशतले बढ्यो

Next Post

अमेरिकी उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशतले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन