पोखरा | लागुऔषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताउनुभएको हो ।
उहाँले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताउनु भयो । उहाँले युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताउनु भयो ।
मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दुःखद् भएको बताउनु भयो । सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो ।






