• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज शनिदेवको प्रिय दिन, दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 24, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ १० गते शनिबार, इस्वीसंवत मे २४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको द्धादशी तिथि दिनमा ४ः१७ बजेसम्म त्यसपश्चात् त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा रेवति दिनमा ११ः०३ बजेसम्म त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान १८ घटि ५६ पलासम्म त्यसपछि सौभाग्य योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३ पला अर्थात १३ घण्टा ४० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१३ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा २ः३९ बजे र अस्ताउने समय भोलि दिनमा ३ः५० बजे रहेको छ । आज शनि प्रदोष व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः मेष राशि भएकाहरूका आज आफ्नै ढिलासुस्तीले मनोवल घटाउनेछ, हरेक काममा पछि परेको अनुभव हुने, मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, आज फलफूलसम्बन्धी पेशामा लाभ पाइने, पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ ।

वृषः वृष राशि भएकाहरूका लागि मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।

मिथुनः मिथुन राशिका लागि आज स्वास्थ्य एक्कासि समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आँखामा एक्कासि समस्या देखिन सक्छ, आउँदो सोमबार वा मंगलबार घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ, तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।

कर्कटः आज कर्कट राशिका लागि स्वास्थ्य ठीकठाक रहनेछ । आदर सत्कार पाइने काममा सहभागी हुन पाइनेछ, पारिवारिक तथा आश्रित कर्मचारीको राम्रो सहयोग पाइने छ, तपाईंको कार्यक्षेत्रमा शुभेच्छुक व्यक्ति नया“ लाभका अवसर लिएर आउने, रमणीय कार्यमा सहभागी हुन पाइने छ भने दिउँसो ३ बजेपछिको समय शुभ छैनन्, ती समयमा लेनदेन एवं महत्वपूर्ण कार्य नगर्नुहोला ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि स्वास्थ्यले राम्रै साथ दिनेछ, आम्दानीका स्रोत बढ्दै जानेछन्, यश, कीर्ति बढ्ने काममा लगानी गर्न पाइनेछ, नयाँ कामको थालनी आज गर्नुभएमा उच्चतम् फाइदाको हुनेछ, व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ, दिउसो आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने सम्भावना छ, त्यसैले यात्रा तथा जे काम गर्दा पनि सजक हुनुहोला ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज व्यर्थैको विवादले मानसिक चिन्ता थप्ने छ, आफन्तबाट तिरष्कार, अपमान गर्ने प्रयास हुन सक्नेछ, तपाईंको काम बिगार्न लागि पर्नेछन्, समग्रमा लाभभन्दा हानी नै ज्यादा हुने हुदा सतर्क हुनु आवश्यक छ । टाढाको यात्रामा पनि विशेष ध्यान दिन आवश्यक छ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज प्रशस्तै लाभका मौकाहरू रहेका छन्, सापटी धन फिर्ता गर्न आउनेछन्, मन लागेको कार्यमा छुट्नुपर्ने, घरमा चोरी हुन सक्ने सम्भावना देखिन्छ भने टाढाको धार्मिक यात्राको सम्भावना देखिन्छ तर आज पश्चिम मुलुकको यात्रा नगर्दा नै राम्रो हुनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भईरहनेछ । स्वास्थ्यको दृष्टिले समय शुभ छैन, उठ्नुपर्ने पैसा न उठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसंग भएको कलहले ठूलै घाटा व्यहोर्नुपर्ने छ । समग्रमा आज कसैसंग पनि विवाद गर्नु ठीक छैन ।

धनुः धनु राशिका लागि आज आज पनि समय अत्यन्तै शुभ छ, स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका कामहरू बन्नेछन् ।

मकरः मकर राशि भएकाहरूका लागि आज स्वास्थ्यको हिसाबले राम्रै रहने छ, तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि मानसिक व्यर्थ चिन्ता बढ्नेछ, तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानुपर्नेछ, नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ, आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, अनावश्यक रुपमा शत्रु वृद्धि, आफन्तसंग वादविवादमा लाग्नु ठीक हुनेछैन, दिउँसो ३ बजेबाट भने सुधार हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ ।

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म काल बेला
बिहान ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म शुभ बेला
बिहान ८ः३६ बजेदेखि १०ः१८ बजेसम्म रोग बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
दिनमा १२ः०० बजेदेखि १ः४२ बजेसम्म चर बेला
दिनमा १ः४२ बजेदेखि ३ः२४ बजेसम्म लाभ बेला
दिनमा ३ः२४ बजेदेखि ५ः०६ बजेसम्म अमृत बेला
दिनमा ५ः०६ बजेदेखि ६ः४८ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म शुभ बेला
साँझ ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म रोग बेला
राति ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म उद्धेग बेला
राति १०ः४२ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म लाभ बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म अमृत बेला
रातिमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म काल बेला
रातिमा ३ः५४ बजेदेखि ०५ः१२ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,

Next Post

कोटीहोममा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने

Next Post

कोटीहोममा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन