• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानाध्यापक संघ नेपाल (पान) नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । कार्यक्रम यही जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) नेपाल भरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको साझा संगठन हो ।

अधिवेशनमा प्रत्येक वर्ष फरकफरक प्रदेशमा आयोजना गरिने राष्ट्रिय सम्मेलन यसपटक पोखरामा आयोजना हुन लागेको केन्द्रीय अध्यक्ष सुदमप्रसाद गौतमले जानकारी दिए ।

अधिवेशनमा देशभरबाट करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुख, विदेशी प्रतिनिधिलगायतका नीति निर्माताको सहभागिता रहने अध्यक्ष गौतमले जानकारी दिए ।

उनले संस्थामा देशभरका ३० हजार भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले रहेको बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकको पेशागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पानले सबै खाले विद्यालयको कार्यसम्पादन र प्रधानाध्यापकको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी भूमिका खेल्दै आईरहेको छ ।

विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि एसोसियसनले निरन्तर पहल गरिरहेको छ ।

प्यान अवार्ड २०८२ मा प्रत्येक प्रदेशबाट एक, एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय प्रत्येक प्रदेशबाट एक, एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक, एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।

साथै प्यान अवार्डमा प्रत्येक प्रदेशबाट एक वहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई दोहो¥याउने तयारी गरेको छ । सम्मान पाउन योग्य भनि छनोट भइसकेका प्रतिस्पर्धीलाई शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालालगायतको नेतृत्वले निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रहेर छनोट गरिएको केन्द्रीय अध्यक्ष गौतमले बताए ।

छनोट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकबाट अफलाइन आवेदन, प्राप्त सिफारिस तथा समितिले संकलन गरेका विवरणलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर निर्णय गरेको हो ।

प्यान सञ्चालित कार्यक्रमले प्रधानाध्यापकलाई आत्मविश्वासी बनाउने, नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने र सामुदायिक विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको अध्यक्ष गौतमको भनाइ थियो ।

पनले विभिन्न जिल्लाका प्रधानाध्यापकलाई एकतावद्ध गरी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरेको छ । यसले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

पानका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । पानले भविष्यमा विद्यालयबीचको असमानता कम गर्ने, शिक्षक र प्रधानाध्यापकको क्षमता विकास गर्ने र शिक्षा क्षेत्रमा नवीनतम् प्रविधि समावेश गर्ने लक्ष्य राखेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टतालाई बढवा दिने योजना बनाएको छ ।

पानले नेपालको शिक्षा क्षेत्रमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण बनाउने, शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउने दिशामा ठुलो योगदान दिइरहेको गण्डकी प्रदेशका अध्यक्ष वामदेव पौड्यालले बताए ।

Previous Post

आज सूर्यदेवको प्रिय दिन, तपाईंको राशिफल कस्तो होला ?

Next Post

पाेखरा-२६ काे अबकाे प्राथमिकता : शिक्षा, स्वास्थ्य र रोजगार प्रवर्द्धन

Next Post

पाेखरा-२६ काे अबकाे प्राथमिकता : शिक्षा, स्वास्थ्य र रोजगार प्रवर्द्धन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन