• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा कर्मचारी आन्दोलित

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

पोखरा । कर्मचारीहरूले वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए ।

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू कर्मचारीले अघि सारेका छन् ।

कार्यवाहक अध्यक्ष कटुवालले मेचीको मान्छे दार्चुला गएर काम गर्ने वाध्यता रहेको उल्लेख गर्दै कर्मचारी घर जान पाउने कि नपाउने ? भन्दै प्रश्न गर्नुभयो । ट्रेड  युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज नेपाल निजामती कर्मचारी युनियनले ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरूको सम्बन्धमा एउटै मुद्दा बोकेर आजसम्म हिँडेको अवस्था छ । हाम्रा ११ बुँदे मागहरूमा हामीले कर्मचारीको वृत्ति विकासका कुराहरू गरेका छौँ ।

त्यसमा हामीले भनेका छौँ पाँच वर्षमा एक तह र र दश वर्ष नाघेकालाई एक श्रेणी बढुवा गर्ने कुरा राखेका छौँ ।

हिजो शाखा अधिकृतले पाँच वर्षमा खुला प्रतिस्पर्धा गर्न दिने प्रावधान सरकारको अकर्मण्यताका कारण सात वर्ष राखिएको छ ।

खबरदार त्यसलाई पाँच वर्ष कायम गरियोस् भनेर म नेपाल सरकार र राज्य व्यवस्था समितिसँग अनुरोध गर्न चाहन्छु ।

हामीले अन्तरप्रदेश सरुवाको माग गरेका छौँ । अहिले मेचीको मान्छेले दार्चुलामा नियुक्ति लिएको छ ।

त्यस्ता मान्छेले एक पटक आफ्नो घर जान पाउने कि नपाउने ? स्थानीय तहमा रहेका प्रदेशका सबै साथिहरुको अन्तरप्रदेश सरुवाको व्यवस्था गरियोस् ।

परिभाषाका कुराहरू पनि छन् ।

हिजो एउटै ढोकाबाट नियुक्ति लिएका कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा समेट्नुपर्छ भन्ने पनि हाम्रो माग हो ।’  करार कर्मचारीहरूले रित्तो हात घर फर्कन नपर्नेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Previous Post

विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँः कार्यकारी निर्देशक भट्ट

Next Post

कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

Next Post

कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन