• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘वास्तवमा ती वामपन्थी थिएनन्’

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाउनुभएको छ ।

आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष दाहाललाई लक्षित गर्दै उहाँले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरीखान नदिनको लागि विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गर्नुभयो ।

उहाँले क्रान्तीको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाउनु भयो ।

उहाँले माओवादीले युद्धकालमा फालेका बमहरु पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्वहरु वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा क्रान्ती भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातिमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए । तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे । लुकाएर हिँडे । अहिलेपनि तिनको असर ठाउँ ठाउँमा परिरहेको छ । अहिले पनि बेवारिसे छोडेका बमहरुको कारण बच्चाबच्चीको निधन भइरहेको छ । त्यस खालका तत्वहरु हामीले वामपन्थी भनेर मिलायौँ । कम्युनिष्ट भनेर मिलायौँ । तर वास्तवमा ति वामपन्थी थिएनन् । त्यसकारण उनीहरुले कम्युनिष्ट पार्टीको महान सफलता, दुई तिहाईको लगभगको स्थिति, यो महान विजय उनीहरुले सहनै सकेनन् । विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौँ त्यही ठाउँमा पुर्याएको भए । नेकपा (एमाले) अहिले पनि प्रमुख शक्तिको रुपमा आएको छ भने । सिध्यायौँ एमालेलाई भन्दा फेरी सरकारको नेतृत्व गरिरहेको छ भने त्यो नेकपा (एमाले) अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरुले कुनैपनि हालतमा अभिवाजित पार्टी रहन नदिने र नेपाललाई खान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरुले त्यस्ता कामहरु गरे ।’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको समेत गर्नुभएको छ ।

Previous Post

लमजुङमा जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Next Post

निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

Next Post

निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन