• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा’

नीतिप्रेस by नीतिप्रेस
May 26, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरु समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ ।

होटल एशोशिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो ।

आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताउनु भयो ।

अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ ।

तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ ।

उहाँकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरु राम्रो देखिन्छ ।

व्यवसायीहरुले अनुभुति गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रुपमा देखिँदैन ।

न्युज एजेन्सी नेपालसँग कुराकानीमा अध्यक्ष शाहले भन्नुभयो– ‘नेपालमा सम्भावना नभएको जसरी कतिपय भाष्य सिर्जना गर्न खोजिएको छ । सम्भावना हुँदाहुँदै होटलहरुले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोलिएको छ । नेपालमा सम्भावनाहरु छ भन्ने देखाएको हो । यहाँ सम्भावना छ, छैन भन्ने होइन भन्ने भाष्यलाई होटल क्षेत्रले चिर्न सफल भएको छ । छाटो समयमा धेरै आर्थिक वृद्धिदर गरेका देशहरुको माझमा नेपाल छ । ती देशमा त्यस्तो राम्रो प्रगति भइरहँदा नेपाल किन पछि पर्छ भन्ने कुराहरु गम्भीर छन् । यसलाई सम्बोधन गर्नेखालले बजेट आउनुपर्छ । हाम्रा एयरपोर्टहरु बनेका छन् तर सुचारु नहुनु, बाटोघाटाको समयमै स्तरोन्नति नहुनु समस्याका रुपमा देखापरेका छन् । यसले गर्दा आउनुपने पर्यटक पनि ल्याउन कठिन भइरहेको छ । अहिले हस्पिटालीटि क्षेत्र क्षमताको एकतिहाइ मात्रै प्रयोग भइरहेको छ । यसले देशलाई, लगानीकर्ताहरुलाई निराश बनाएको छ । जुन प्रतिफल पाउनुपथ्र्यो त्यो पाउन सकिएको छैन । 

अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरु राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरु वर्षौंदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समयसीमा नै तोकेर ती राजमार्गहरु स्तरोन्नति गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष साहकाअनुसार यस्ता कुराहरुलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरुको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो ।

अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसावले हेर्नुपर्छ । पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताउनु भयो ।  

अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई दु्रत रुपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँकाअनुसार त्यसो भ भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिन्छ । त्यतातिर बजेट केन्द्रित हुनुपर्छ । 

शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ ।

औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन ।

त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ । राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरु र अनौपचारिक क्षेत्रका होटलहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

यो कुरालाई बजेटले हेर्नुपर्छ ।  अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उहाँले निजी क्षेत्रबीच ती सरकारहरुले समन्वयन गर्न नसकेको समेत बताउनु भयो ।

अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भएपनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन ।

विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइएपनि कार्यान्वयन भने हुन नसकेको उहाँको भनाइ छ ।

बजेटले यसपाली तोकेकोमध्ये १५—२० प्रतिशत मात्रै काम शुरु हुने र फत्ते नहुने गरेको साहाले बताउनु भयो ।

बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसावले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उहाँको बुझाइ रहेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ । 

अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन ।

त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ ।

अहिले त्यस्ता चिजहरु नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ ।

व्यवसायीले ऋण लिएर साँवा व्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उहाँको भनाइ छ ।

Previous Post

सत्तारुढ दल काँग्रेसको पदाधिकारी बैठक शुरु

Next Post

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post
सुनको मूल्य पोखरामा

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन