• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शान्तिपूर्ण आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः प्रमुख सचेतक शाही

नीतिप्रेस by नीतिप्रेस
May 28, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अगाडि बढ्न नदिने बताउनुभएको छ । 


बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक शाहीले देशका नागरिक बेच्ने गिरोहलाई कारबाही गर्न संसदमा आवाज उठाउँदा पनि सरकारले अटेरी गरे सैह्य नहुने चेतावनी दिनुभएको हो ।

उहाँले प्रतिपक्षले मंगलवारकै बैठकमा आफ्ना कुरा राख्छु भन्दा प्रतिपक्षले समय नपाउँदै सत्ता पक्षका सांसदले पाउने भन्ने विषय कुनै हालतमा मान्य नहुने बताउनु भयो ।

 सचेतक शाहीले प्रतिपक्षले गृहमन्त्रीसँग जवाफ नभई राजीनामा मागेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी उहाँले जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै कहीँ कतै हिंसा भए त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर, मान्छे भिडाएर युद्ध गर्न खोजिरहनुभएको आरोप लगाउनु भयो । 


उहाँले भन्नुभयो, ‘पहिलो कुरा हामी प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुले गृहमन्त्रीको भिजिट भिषा प्रकरणमा राजीनमा माग्ने र उच्चस्तरीय छानविन समिति बनाउने बाचा नगर्दासम्म संसदलाई अगाडि बढ्न नदिने भन्ने नै हो । देशका नागरिकलाई बेच्ने गिरोहहरुलाई कारबाही गर्न संसदमा छानविन समिति बनाउ भन्दा पनि सरकारले अटेरी गर्न मिल्छ । यो देशमा युवाहरुलाई विदेश जान त बाध्य पा¥यौं, नेपालीलाई भुटानी बनाएर पनि बेच्यौं । त्यतिले पनि पुगेन अब त भिजिट भिषामा समेत मान्छे बेच्न थाले । यसको जवाफ हामीले संसदमा माग्यौं । गृहमन्त्रीले राजीनामा दिनुभएन भने संसदीय समिति बनोस् भन्नेकुरा अगाडि बढ्यो । तर यतिकुरा पनि सत्तापक्षले टेरपुच्छर नलगाउने यसलाई नमान्ने भएपछि संसद अगाडि बढ्न सकेन । सत्तापक्ष र सरकारकै कारण संसद रोकिएको हो । र, सभामुखले पनि प्रतिपक्षले हिजोदेखि नै आफ्ना कुरा राख्छु भन्दा प्रतिपक्षले नपाउँदै सत्तापक्षका सांसदले पाउने भन्ने विषयवस्तु रहन्न । प्रतिपक्षले गृहमन्त्रीसँग जवाफ मागेको होइन राजीनामा मागेको हो । जेठ १५ गतेको हाम्रो आन्दोलनमा कहीँ हिंसा भयो भने त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ।  उहाँले नेपालको संविधान, धारा र कानुनहरु उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोज्नुभएको छ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । कुनैपनि कसैमाथिपनि दुर्घटना भयो भनेपनि यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । अति गर्नु अत्याचार नगर्नु, अति ग¥यो भने खति हुन्छ । पीएसओ हटाएको विषय सरकारलाई नै सोध्दा राम्रो हुन्छ ।’ 

उहाँले राप्रपाका प्रमुख सचेतक र समितिका सुरक्षाकर्मी हटाइएको विषय सरकारलाई नै सोध्न आग्रह गर्नुभयो ।

Previous Post

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?

Next Post

नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै

Next Post

नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन